coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनले पृथ्वी राजमार्ग सुनसान

सुनसान पृथ्वी राजमार्ग । तस्विर:सरिता श्रेष्ठ

धादिङ- निर्वाचनले विहिबार पृथ्वी राजमार्ग सुनसान भएको छ । नियमित रुपमा सवारी संचालन हुने राजमार्ग क्षेत्रमा दोस्रो चरणको निर्वाचनका कारण सुनसान देखिएको छ । मंसिर १० गते नै निर्वाचन सम्पन्न भइसकेको पृथ्वी राजमार्गमा पर्ने धादिङ जिल्लामा सवारी साधन नचल्दा सुनसान देखिएको छ ।

दोस्रो चरणको निर्वाचनको असर पृथ्वी राजमार्गमा पनि देखिएको छ । पोखरा, चितवन, मकवानपुर र राजधानी लगायत ४५ जिल्लामा निर्वाचन भएका कारण यातयातका साधन चल्न सकेको छैन । सधै यातयातका साधनले भरिने राजमार्गमा सवारी नचल्दा सुनसान देखिएको छ । सवारी नचल्दा जिल्लाभित्र नै ओहोरदोहोर गर्ने यात्रुलाई समस्या परेको छ । 

धादिङबेसीबाट काठमाडौँ, पोखरा र चितवन लगायतका जिल्लामा संचालन हुने सवारी साधन चलेको छैन । यी जिल्लामा दोस्रो चरणको निर्वाचन संचालन भइरहेका कारण यातयातका साधन चल्न रोक गराएकाले धादिङबेसीबाट नै सवारी चल्न नसकेको हो । जिल्लाभित्र मात्रै  छिटपुट रुपमा मालबाहक, मोटरसाइकल लगायतका सवारी संचालन भएका छन् भने राजमार्ग भने सुनसान छ ।  

दोस्रो चरणको निर्वाचन भइरहेका जिल्लाका बीचमा पर्ने पृथ्वी राजमार्गको धादिङ जिल्लामा मंसिर १० गते नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसेको छ । दुई जिल्लाको सीमाका नाका भएर पनि सवारी चल्न नसकेको हो । 

निर्वाचन हुने जिल्लाका नाकामा सुरक्षा व्यवस्था कडाई गरिएको छ । राजमार्ग हुँदै राजधानी छिर्ने नाका नाकढुंगा क्षेत्र र चितवन छिर्ने नाका मौवाखोलामा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन भइरहेका कुनै पनि जिल्लामा विना अनुमति सवारी चल्न दिएको छैन । 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App