१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वीरगन्जमा उत्साहपूर्ण मतदान हुँदै

वीरगन्ज– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अन्तर्गतको पहिलो निर्वाचनको लागि पर्साका सबै एक सय ६७ वटा मतदानस्थलका ३ सय ५१ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सुरु भएको छ । बिहीबार बिहानदेखि सबै मतदानस्थलहरुमा उत्साहपूर्वक मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्धारित समयअनुसार ७ बजेदेखि मतदान हुने भनिएकोमा त्यतिबेलादेखि नै मतदाता आउन सुरु गरिसकेर समय बढ्दै जाँदा मतदाताको उपस्थिति बाक्लिदै गएको छ । ४ वटा मतदान केन्द्र रहेको वीरगन्ज श्रीपुरस्थित विद्यापीठ उच्च माध्यमिक विद्यालयमा मतदाताको उत्साहजनक सहभागिता देखियो । ‘बिहीबारको बिहान ७ बजेदेखि जिल्लाभरिका एक सय ६७ वटा मतदानस्थलका ३ सय ५१ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण किसिमले सुरु भएको छ । काँही कतै समस्या भएको खबर छैन्,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता योगेन्द्रप्रसाद आचार्यले भने, ‘बिहानदेखि धेरै वटा मतदानस्थलमा पुग्दा मतदाताहरुको उत्साहपुर्वक सहभागिता देखिएको छ ।’
जिल्ला प्रहरी कार्यालय पर्साले पनि शान्तिपुर्ण मतदान भइरहेको जनाएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरी करिब ५ हजार बढी सुरक्षा जनशक्ति परिचालन गरिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए । प्रत्येक मतदानकेन्द्रमा आठ आठ जना कर्मचारी खटाइएका छन् ।
मतदान सम्मपन्न गर्न २ हजार ८ सय ७ जना कर्मचारी खटाइएका छन् । पर्सामा २ लाख ८९ हजार ५४ वटा मतदाताले चार जना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभा सदस्याका लागि मतदान गर्दै छन् ।

प्रकाशित: २१ मंसिर २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App