७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपा निकट विद्यार्थी संगठनका पदाधिकारी रिले अनसन बस्ने

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका पदाधिकारीहरुले रिले अनसन गर्ने भएका छन्।

पार्टीले संगठनका पदाधिकारीहरुसँग छलफल नै नगरी कार्यसमिति भंग गरेको विरोधमा उनीहरुले अनसनमा जाने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। पहिलो चरणको आन्दोलनबाट माग पुरा नभएपछि उनीहरुले दोस्रो चरणको आन्दोलन शुरु गरेका हुन्।

संगठनले आफ्नो माग सम्बोधन गर्न पार्टी अध्यक्ष पशुपती सम्शेर राणालाई शुक्रबार ज्ञापन पत्र समेत बुझाएका छन् । आन्दोलनका अन्य कार्यक्रममा पार्टीका सांसदलाई संसद भवनमा प्रवेशमा रोक लगाउने, पार्टी कार्यालयलाई अनिश्चितकालिन बन्द गराउने लगायतका कार्यक्रम रहेका छन्।

प्रकाशित: २१ श्रावण २०७३ १४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App