८ वैशाख २०८१ शनिबार
राजनीति

सर्लाहीमा शान्तिपूर्ण मतदान जारी

टंक क्षेत्री

सर्लाही– प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनअन्तर्गत सर्लाहीमा बिहीबार बिहानैदेखि शान्तिपूर्ण रुपले मतदान भइरहेको छ ।  ३१८ मतदान स्थलअन्तर्गत ५१६ मतदान केन्द्रमा शान्तिपूर्ण रुपले मतदान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए ।
आधा दर्जन मतदान केन्द्रमा भने मतपेटिकाको विर्को फुटेको पाइएकाले केही ढिला गरी मतदान सूरु भएको प्रजिअ कटवालले बताए । ‘४–५ वटा बुथमा मतपेटिकाका कारण केही समय ढिला भयो । तत्काल अर्को मतपेटिका पठाएर मतदान कार्य सुचारु गराइयो,’ उनले भने, ‘अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।’
३ लाख ८५ हजार ५८१ म्तदाता रहेको सर्लाहीमा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ७४ जना तथा ८ वटा प्रदेश सभाका लागि १३२ जना गरी जम्मा २०६ जना उम्मेद्वार मैदानमा रहेका छन् ।

प्रकाशित: २१ मंसिर २०७४ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App