७ वैशाख २०८१ शुक्रबार
राजनीति

महोत्तरीमा मतदान सुरु, तस्बिर खिच्न अवरोध

महोत्तरी– चार जना प्रतिनिधि सभा र ८ जना प्रदेश सभा सदस्य चयन गर्नका लागि  महोत्तरीको २ सय ५८ मतदान स्थलमा रहेको ४ सय २६ मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि नै मतदान सुरु हुने भनिए पनि मतदानका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न केही समय लागेपछि बिहान साढे ७ बजेपछि मात्र मतदान सुरु भएको हो ।

महोत्तरीको सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत बज्रेस प्याकुरेलले बताएका छन् । महोत्तरीमा १० नगरपालिका र ५ गाउँपालिकामा ३ लाख १७ हजार ६ सय ७९ मतदाताको संख्या रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबची मतदान स्थलमा खटिएका सुरक्षाकर्मीहरुले मतदान प्रक्रियाको फोटो खिच्न अवरोध गरेका छन् । लचमु माध्यमिक विद्यालयमा खटिएका एक जना महिला प्रहरीले मतदान प्रक्रियाको फोटो खिच्न नपाई भन्दै सञ्चारकर्मीहरुलाई अवरोध गरे ।
सञ्चारकर्मीहरु मतदान केन्द्रमा गएर रिर्पोटिङ गर्न खोज्दा ती महिला प्रहरीले क्यामेरा हातले छोप्दै फोटो खिच्न नमिल्ने भन्दै अवरोध गरेकी हुन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले सञ्चारकर्मीलाई मतदान प्रक्रियाको फोटो र भिडियो लिन अवरोध नगर्न निर्देशन दिएका छन् ।

प्रकाशित: २१ मंसिर २०७४ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App