७ वैशाख २०८१ शुक्रबार
राजनीति

गुल्मीका सबै मतदान केन्द्रमा मतदान सुरु

गुल्मी- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गुल्मीमा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो ।

१ सय ३८ मतदान स्थलका २ सय ५१ म्तदान केन्द्रमा एकैसाथ मतदान सुरु भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेका अनुसार सबै मतदान केन्द्रहरुमा सर्वदलीय वैठक बसी विभिन्न विषयमा छलफल र सहमति गरेर मतदान शुरु गरिएको बताए ।

गुल्मीमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभाका लागि २ दर्जनभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । जिल्लामा ९ वटा राजनितीक दल चुनावी मैदानमा रहेको भए पनि मुख्य वाम गठबन्धन र लोकत्रान्तिक गठबन्धन विच नै कडा प्रतिस्पर्धा हुँदैछ ।

जिल्लामा १ लाख ९६ हजार ३ सय ४२ मतदाताहरु रहेका छन । निर्वाचनका लागि करिव ३ हजार कर्मचारीहरु परिचालन भएका छन् भने ३ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन भएको बताइएको छ ।

प्रकाशित: २१ मंसिर २०७४ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App