८ वैशाख २०८१ शनिबार
राजनीति

सिरहामा उत्साहपूर्ण मतदान [फोटो-भिडियो]

लहान– प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ । सिरहाकाको चारवटै निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्नको लागि चिसो मौसम भए पनि बिहानैदेखि मतदाताहरु उत्साहका साथ घरबाट मतदान केन्द्र जाँदै छन् ।
जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि ६० र प्रदेशसभाका लागि १ सय २१ ले प्रतिस्पर्धा गर्दै छन् । यीमध्ये ४ प्रतिनिधि र ८ प्रदेशसभा सदस्य चुनिने छन् । मतदाताको संख्या र सुविधालाई दृष्टिगत गर्दै जिल्लाभर १ सय ८ मतदानस्थल र ४ सय  ३६ मतदान केन्द्र कायम गरिएका छन् ।

दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ ।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App