coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

१५ हजार ३ सय ४४ मतदान केन्द्र

काठमाडौं- ४५ जिल्लामा बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३ सय ४४ मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा भोट हाल्ने मतदाताको संख्या एक करोड २२ लाख ३५ हजार ९ सय ३५ छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९ सय ३५ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी मतदान केन्द्र मोरङमा छन् । निर्वाचन आयोगका अनुसार मोरङमा ७ सय ५८ मतदान केन्द्र छन् । मोरङमा २ सय ५१ देखि ५ सय सम्म मतदाता रहेका मतदान केन्द्र ३ वटा, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ५७ वटा र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ५ सय ९८ वटा छन् ।
बढी मतदान केन्द्र रहेको दोस्रो जिल्ला काठमाडौं हो । काठमाडौंमा ७ सय ३१ मतदान केन्द्र छन् । काठमाडौंमा २ सय ५१ देखि ५ सयसम्म मतदाता रहेका मतदान केन्द्र ३ वटा, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ९३ वटा र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ५ सय ३५ वटा छन् ।

काठमाडौंपछि सबैभन्दा बढी मतदान केन्द्र क्रमशः झापा, रुपन्देही, धनुषा, कैलाली, सुनसरी, सर्लाही, सप्तरी र बारा हुन् । झापामा ६ सय ९२ वटा मतदान केन्द्र राखिएको छ । झापामा २ सय ५१ देखि ५ सयसम्म मतदाता रहेका मतदान केन्द्र २ वटा, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ८० वटा र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ५ सय १० वटा छन् ।
रुपन्देहीमा ५ सय ९८ वटा मतदान केन्द्र छन् । रुपन्देहीमा ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र ८० वटा र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ५ सय १८ वटा छन् । यस्तै, धनुषामा ५ सय ४८ वटा मतदान केन्द्र राखिएको छ । यीमध्ये २ सय ५० सम्म मतदाता रहेको मतदान केन्द्र एक, २ सय ५१ देखि ५ सय सम्म मतदाता रहेका १७, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका ३ सय र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र २ सय ३१ छन् ।
निर्वाचन आयोगका अनुसार कैलालीमा ५ सय ३८, सुनसरीमा ५ सय २७, सर्लाहीमा ५ सय १६, सप्तरीमा ४ सय ७८ र बारामा ४ सय ७५ मतदान केन्द्र छन् ।
सबैभन्दा कम मतदान केन्द्र भने तेह्रथुममा रहेका छन् । तेह्रथुममा ८९ वटा मतदान केन्द्र छन् । यहाँ २ सय ५१ देखि ५ सय सम्म मतदाता रहेका १, ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका ४९ र ७ सय ५१ देखि एक हजार ६४ सम्म मतदाता रहेका मतदान केन्द्र ३९ छन् ।
तेह्रथुमपछि कम मतदान केन्द्र रहेका जिल्लामा क्रमशः डडेलधुरा, पर्वत, डोटी, अर्घाखाँची, सल्यान, दैलेख, प्युठान, भक्तपुर र गुल्मी छन् । डडेलधुरामा एक सय १७, पर्वतमा १ सय ३९, डोटीमा १ सय ५७, अर्घाखाँचीमा १ सय ७४, सल्यानमा १ सय ८०, दैलेख १ सय ९६, प्युठानमा २ सय, भक्तपुरमा २ सय ९ र गुल्मीमा २ सय ५१ मतदान केन्द्र तोकिएका छन् ।
मंसिर १० गते ३२ जिल्लामा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजार ४ सय ६५ मतदान केन्द्र थिए । पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल मतदान केन्द्र १९ हजार ८ सय ९ वटा कायम गरिएको थियो ।

प्रकाशित: २१ मंसिर २०७४ ००:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App