बाख्राले धान खाएको निहुँमा झगडा हुँदा छ घाइते

शुक्रबार, २१ साउन २०७३, २० : १० मदन ठाकुर

रौतहट- बाख्राले धान खाएको निहुमा रौतहटको झुनखुन्वा गाविसमा दुईपक्षबीच झडप हुँदा छ जना घाइते भएका छन् । घाइते मध्ये दुइजनाको अवस्था गम्भिर रहेको छ।

स्थानीय रामाकान्त बैठाले लगाएको धान खेतमा छिमेकी जरनैल मियाको बाखा्र धानवाली चरन गरेको विषयमा बादविवाद भएर दुइपक्ष बीच झडपहुँदा वैठाको कुटाइवाट जनरनइल पक्षका दुइ महिला सहित छ जना घाइते भएका हुन्।

शुक्रवार वेलुकी साढे छ बजेको समयमा भएको झडपमा जरनइल मिया, मोकदम मिया, ओजैर आलम, जोहरा खातुन, मरछिया खातुन लगायतका घाइते भएका छन । घाइते मध्ये जरनइ र मरछियाको अवस्था गम्भिर छ । सवैजनाको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

वैठापक्षले लाठी, भाटा, खुकुरी लायतका घरेलु हतियार प्रहार गरेको कारण अधिकाँश घाइतेको टाउकोमा गहिरो घाउ लागेको अस्पतालमा अकस्मिक कक्षका चिकित्सक प्रवीण झाले बताए । घटनावारे जानकारी पाए लगतै प्रहरी परिचालन गरि घाइते सवैलाई उद्धार गरेर अस्पतालमा पुरयाएको र  घटनाका अभियुक्तहरु फरार भएकोले उनिहरुको खोजिकार्य भइरहेको प्रहरी प्रबक्ता डिएसपि नविन कृष्ण भण्डारीले बताए।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad