८ वैशाख २०८१ शनिबार
राजनीति

४५ जिल्लामा आज मतदान

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको बिहीबार निर्वाचन चुनाव हुँदैछ । संघीय संरचनाअनुसार यो चुनाव ४५ जिल्लामा हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि सहभागी हुन सबै मतदातालाई आह्वान गरेको छ । मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सबैको नेतृत्व सुनिश्चित बनाउन हुन लागेको चुनावमा मताधिकार उपयोग गरी समृद्ध नेपाल बनाउने अग्रगामी यात्रामा समाहित हुन सबै मतदातामा आह्वान गरेका छन् ।  उनले जनताको मत लोकतन्त्रको आधार भएकाले स्वतन्त्र र विवेकपूर्ण ढंगले मतदान गर्न र मतलाई सुरक्षित गर्न सबैमा आग्रह गरेका छन् ।
‘संविधानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्ने चुनावले आदिवासी जनजाति, खस आर्य, थारू, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्तिलाई समावेशी समानुपातिक सिद्धान्तका आधारमा नेतृत्वमा पु¥याउने अधिकार सुनिश्चित गरेको छ,’ यादवले भने, ‘नेपालको इतिहासमा नेपाली जनताले यस्तो अवसर कहिल्यै प्राप्त गरेका थिएनन् । त्यसैले सुवर्ण अवसरलाई सदुपयोग गरौं ।’
बिहीबार सात प्रदेशका १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा २ सय २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये १ हजार ५ सय ३३ पुरुष र १ सय ३० महिला छन् ।
प्रदेशसभा सदस्यतर्फ २ हजार ८ सय १९ जना उम्मेदवार मैदानमा छन् । त्यसमध्ये २ हजार ५ सय ९९ पुरुष र २ सय २० महिला छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका लागि २२० पदका लागि ५ हजार ८ सय ३८ जना मैदानमा छन् ।
चुनाव हुने जिल्लाका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । चुनाव सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारी खटिएको आयोगले जनाएको छ ।
चुनावमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
चुनाव हुने ४५ जिल्लामा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी छन् । यस्तै प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट छन् । प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर जिल्लामा पनि बिहीबार मतदान हुँदैछ ।
प्रदेश ४ का बर्दघाट सुस्ता पूर्व नवलपरासी, तनहुँ, कास्की, पर्वत, स्याङ्जामा चुनाव हुँदैछ । प्रदेश ५ का बर्दघाट सुस्ता पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके,  बर्दियामा चुनाव हुँदैछ । प्रदेश ६ का सल्यान, सुर्खेत,  दैलेख तथा प्रदेश ७ का कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम, डोटीमा चुनाव हुँदैछ ।
पहिलो चरणमा मंसिर १० मा ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भइसकेको छ । दुवै चरणको चुनाव सकिएपछि मतगणना एकैपटक हुँदैछ ।
राजनीतिक दल, सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गरेका छन् ।
चुनावमा अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी मतदातालाई लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ । दृष्टिविहीन, शारीरिक अशक्तता भएका मतदाताले मत संकेत गर्न नसकेमा एकाघरका परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर दिनसक्ने व्यवस्था गरिएको छ ।
कसैले पनि ढाँटेर अर्काको नाममा मत दिन नपाउने र कसैले त्यस्तो गरेमा कानुनअनुसार कारबाही हुने आयोगले जनाएको छ ।
 

मतदाता परिचयपत्र नभए पनि मत दिन पाइने
मतदाता नामावलीमा नाम भएकाहरुसँग कुनै कारणले मतदाता परिचयपत्र नभएमा पनि मतदान गर्न पाइने भएको छ ।
कुनै पनि मतदातालाई मताधिकारबाट वञ्चित नगरिने प्रमुख आयुक्त यादवले बताए । मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा र हराएमा पनि मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ ।
मतदाता नामावली नाम भएमा नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट दिइएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।
 

परिणाम एक सातामा
निर्वाचन आयोगले एक साताभित्र सबै मतपरिणाम आउने दाबी गरेको छ । आयोगले ५ दिनभित्र प्रत्यक्षतर्फको र ८ दिनभित्र समानुपातिकतर्फको मत गणना गरी परिणाम सार्वजनिक गर्ने दाबी गरेको छ ।

प्रकाशित: २१ मंसिर २०७४ ००:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App