coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बम विस्फोटका घाइतेलाई गगन थापाले भने, ‘गेट वेल सुन!’ (भिडियो)

बम विस्फोटका घाइते राजकाजी श्रेष्ठको अवस्था बुझ्दै नेता गगन थापा। तस्विरः प्रबिन कोइराला

काठमाडौं—नेपाली काँग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापाले बम विस्फोटका घाइतेको अवस्थाबारे जानकारी लिएका छन्। बुधबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाबारे उनले जानकारी लिएका हुन्।

सोमबार बुढानिलकण्ठ–२ चपलीको माटो कोलनीमा चुनाबी घरदैलोका क्रममा भएको विस्फोटमा परी १२ जना घाइते भएका थिए। गम्भीर घाइते भएका राजकाजी श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ एवं जयराम लामिछाने त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। नेता थापाले उनीहरुसँग भेटघाट गरी स्वास्थ्य अवस्था बुझेका हुन्।

वेडमा रहेका अाफ्ना साथिसँगको कुराकानीमा नेता थापा बम विस्फोटको अवस्था स्मरण गर्दै भावुक देखिएका थिए। ‘मैले गर्दा साथीहरु परे भनेर दुःख लागेको छ’, उनले भने। ‘त्यस्तो होइन। यो हामी सबैमाथिको आक्रमण हो’, राजकाजीले जवाफ थियो।

साेमबार भएको बम विस्फोटमा घाइते भएका राजकाजी श्रेष्ठको घुँडाको अप्रेसन गरिएको छ। शरीरिमा बमको छर्राले लागेको चोट छ। उनी अस्पतालको अर्थो वाडको ४०२ नम्बर बेडमा छन्। 

‘अहिले कस्तो छ ?’, थापाले सोधे। 

‘घुँडाको अप्रेसन त्यही दिन गरेको हो। औषधिले काम गरुन्जेलसम्म ठिकै हुन्छ। त्यसपछि घाउ पोल्न थाल्छ’, राजकाजीले जवाफ दिए। आफू विस्तारै ठिक हुँदै गइरहेको उनले सुनाए।

वेडमा रहेका अाफ्ना साथिसँगको कुराकानीमा नेता थापा बम विस्फोटको अवस्था स्मरण गर्दै भावुक देखिएका थिए। ‘मैले गर्दा साथीहरु परे भनेर दुःख लागेको छ’, उनले भने। ‘त्यस्तो होइन। यो हामी सबैमाथिको आक्रमण हो’, राजकाजीले सान्तवना जवाफ फर्काए।

दुवैबीच चुनाबको तयारी र मतदानबारे कुराकानी भयो। झन्डै १० मिनेट कुराकानीपछि थापाले राजकाजीलाई भने, ‘गेट वेल सुन!’

सोही घटनाका अर्का घाइते जयराम लामिछाने र श्यामकृष्ण श्रेष्ठलाई पनि थापाले भेट गरेका छन्। बमको छर्राले लामिछानेका दुवै खुट्टामा चोट छ। घाउमा इन्फेक्सनको सम्भावना रहेका कारण उनी अस्पतालमै उपचार गराइरहेका छन्। 

श्यामकृष्णको आजै कोखाको अप्रेसन गरिएको छ। उनको कोखाबाट कुकरको वासर सकेट निकालिएको छ। (हेर्नुहोस तल तस्विर) उनी आइसियु कक्षमै उपचाररत छन्।

चुनाबी घरदैलाेकाे क्रममा गराइएको विस्फाेटमा पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का पनि घाइते भएका थिए। सामान्य घाइते भएकाहरू उपचारपछि घर फर्किसकेका छन्।

 

भिडियो/तस्विर: प्रबिन कोइराला

बम विस्फोटका घाइते राजकाजी श्रेष्ठको अवस्था बुझ्दै नेता गगन थापा। तस्विरः प्रबिन कोइराला
बम विस्फोटका घाइते राजकाजी श्रेष्ठको अवस्था बुझ्दै नेता गगन थापा। तस्विरः प्रबिन कोइराला
बम विस्फोटका घाइते राजकाजी श्रेष्ठको अवस्था बुझ्दै नेता गगन थापा। तस्विरः प्रबिन कोइराला
बम विस्फोटका घाइते राजकाजी श्रेष्ठको अवस्था बुझ्दै नेता गगन थापा। तस्विरः प्रबिन कोइराला
बम विस्फोटका घाइते राजकाजी श्रेष्ठको अवस्था बुझ्दै नेता गगन थापा। तस्विरः प्रबिन कोइराला
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App