ढुक्क भएर मतदान गर्न गृह मन्त्रालयको आग्रह

बुधबार, २० मङि्सर २०७४, १९ : ०६ नागरिक

काठमाडाै- प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको छ । गृह सचिव मोहन सापकोटाले बुधवार पत्रकार सम्मेलन गरि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए ।
सापकोटाका अनुसार कुनै पनि घटना भयो भने १० देखि ३० मिनेटभित्र सुरक्षाकर्मी पुगिसक्नेछन् ।

दोस्रो चरणमा ४५ जिल्लामा हुन लागेको निर्वाचनका लागि बिहीवार सार्वजनिक विदा दिइएको पनि गृह मन्त्रालयले जानकारी दिएको छ । बुधवार मध्यरात १२ बजेबाट बिहीवार निर्वाचन सकिएको दुई घन्टापछि अर्थात् साँझ ७ बजेसम्म सार्वजनिक सवारी र निजी सवारीसाधन समेत चलाउन पाइने छैन ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत् अति आवश्यक क्षेत्रका लागि भने सवारी अनुमतिपत्र जारी गरिसकेको छ  । मन्त्रालयले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधवार मध्यरातसम्म गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी भने चल्न पाउने जनाएको छ । यस्तै अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्वुलेन्स, दमकल, खानेपानी, शवबाहन, दूरसञ्चार तथा दुध ढुवानी लगायतका सवारीसाधन चल्न पाउनेछन् । बिहीवार साँझ ७ बजेबाट भने अन्य सवारीसाधन चल्नेछन् ।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad