८ वैशाख २०८१ शनिबार
राजनीति

कडा सुरक्षाबीच महोत्तरीका सबै वुथ निर्माण

सदरमुकाम जलेश्वरस्थित लचमु माध्यमिक विधालय केन्द्रमा  निर्माण गरिएको वुथ र सुरक्षाका लागि प्रहरीको तैनाथी।  तस्विर: महेशकुमार दास/नागरिक


महोत्तरी- कडा सुरक्षाकाबीच महोत्तरीको दुई सय ५८ मतदान स्थलमा रहेको चार सय २६ वटै मतदान केन्द्रमा वुथ निर्माण कार्य सम्पन्न भएको मूख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ । निर्वाचन आयोगबाट पठाइएको प्लास्ष्टिकको डोरी र बाँसको घेरावेरा लगाएर वुथ निर्माण गरिएको छ । वुथ निर्माण कार्य पुरा भई सकेको सवै मतदान केन्द्रहरुमा अप्रिय घटना हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ । 
प्रत्येक वुथमा हतियार सहितको नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादि प्रहरीलाई वुथको सुरक्षा , मतपेटिका ,मतपत्र र निर्वाचन प्रायोजनका लागि आवश्यक पर्ने सामग्रीहरुको सुरक्षार्थ खटाइएको छ । 
निर्वाचयन आयोगद्वारा तोकिएको तालिका अनुसार बिहिबार बिहिबार विहान ७ वजे देखि साझ ५ वजे सम्मका मतदान कार्यको लागि समय निर्धारण गरिएको छ । 
सोहि अनुरुप महोत्तरीको सवै मतदान केन्द्रमा सहज ढंगले मतदाताहरुलाई मतदान गर्न वुथ निर्माण गर्ने कार्य कडा सुरक्षाका बीच सम्पन्न भई सकेको मूख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए । 
मूख्य निर्वाचन अधिकृत प्याकुरलेका अनुसार महोत्तरीमा चार सय २६ मतदान अधिकृत , ४ सय २६ जना सहायक मतदान अधिकृत , सहयोगी कर्मचारी सहित ३ हजार २ सय कर्मचारी खटाइएको छ। 
निर्वाचन प्रयोजनको लागि खटाइएका कर्मचारी , सुरक्षाकर्मी र म्यादि प्रहरीको सहयोगमा  वुथ निर्माण कार्य सम्पन्न भइ मतदानको लागि तयारी अवस्थामा रहेको मूख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए ।  
जिल्ला भरिकै वुथमा महिला र परुष मतदाताको लागि छुटाछुटै लाम लाग्ने व्यवस्था मिलाइएको हो । यसका साथै असक्त अपाङ्ग , गर्भवति मतदाताहरुको लागि सजिलो तरिकाले मतदान गर्न गराउन मतदान अधिकृत र कर्मचारीहरुलाई छुट्टै व्यवस्था गर्न निर्देशन समेत दिइएको र सोहि अनुरुप बिहिबिार निर्वाचन आयोगले तोकिएको समयावधि भित्र मतदान कार्य हुने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । 
अधिकभन्दा अधिक मतदाता मतदानमा ढुंक्क संग मतदान गर्न पाउने र कसैलाई पनि आफनो मताधिकारबाट बञ्चित नहुने गरि वुथ निर्माण कार्य र वुथ सुरक्षा देखि मतदाताको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो । 
३ लाख १७ हजार ६ सय ७९ कुल मतदाता रहेको महोत्तरीमा ४ जना प्रतिनिधि सभा र ८ जना प्रदेश सभा सदस्य चुननका लागि बिहिबार मतदान गर्ने जनाइएको छ । 
महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकामा रहेको र यहाँको सवै मतदान स्थलहरु  अतिसंवेदनशिलको रुपमा वर्गिकरण गरि सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए । 
पछिल्लो क्रममा निर्वाचनको विरोधमा रहेका विप्लव माओवादी, सिके राउतका कार्यकता,  भुमिगत समूह र भारतीय वुथ लुटेराहरु चलखेल हुन सक्न सम्भावनालाई ध्यानमा राख्दै यहाँको सवै मतदातन स्थललाई अतिसंवेदनशिल रुपमा वर्गिकरण गर्दै सुरक्षा व्यवस्था मिलाइएको एसपी कडायतले बताए । 
निर्वाचन सुरक्षाका लागि एक हजार ५ सय १९ प्रहरी र २ हजार ७ सय ५१ म्यादि प्रहरी परिचालन गरिएको हो । 
यसका साथै प्रत्येक गाउँपालिका र नगरपालिकामा  निर्वाचन सुरक्षाका लागि सिनियर प्रहरी अधिकृतको कमाण्डमा दुई वटा १५ जनाको मोवाईल गस्ती परिचालन गरिने एसपी कडायतले बताएको छ ।  

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App