७ वैशाख २०८१ शुक्रबार
समाज

डुबेर दुई बालिकाको मृत्यु

महोत्तरी– महोत्तरीमा शुक्रबार एकै दिनमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। एकडारा बेला ४ स्थित कुलोमा एकडारा २ बस्ने मुतुर्जा अन्सारीकी भान्जी सिस्वा कटैया ४ का असफाक अन्सारीको ५ वर्षीया छोरी उमिया खातुनको डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

त्यस्तै  नैन्ही ३ स्थित नहरको पानि बग्ने खाल्टोमा जमेको पानीमा सोही ठाउँ घर भएका एमामुदिन अंसारीको ५ वर्षीया छोरीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुबै बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २१ श्रावण २०७३ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App