coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लमजुङ र कास्कीको सीमानामा घरेलु हतियारसहित चार पक्राउ

लमजुङ – लमजुङ र कास्कीको सिमावर्ती स्थान रामबजारमा घरेलु हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यनेपाल नगरपालिका वडा नं ७ रामबजारबाट झोलामा हतियार बोकेर कास्कीको रुपा गाउँपालिका तर्फ जाँदै गरेका चार जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। 

सीमा सुरक्षा व्यवस्था जाँचको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक जयराम वन्तले बताए । पक्राउ पर्नेहरूमा सुन्दरबजार नगरपालिका ९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका फल्याङकोटका उमाकान्त खनाल, किसान श्रेष्ठ र प्रताप खनाल रहेका छन्। उनीहरूको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल र एउटै झोलाबाट काँग्रेस र बाम गठबन्धनको झण्डा बरामद गरेको वन्तले जनाए।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ । हतियार सहित युवाहरू पक्राउ परेपछि सीमा सुरक्षालाई थप कडाइ गरिएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए।

छिमेकी जिल्ला कास्की र तनहुँमा बिहीबार हुने दोसो चरणको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै सिमा सुरक्षामा चेकजाँच कडाई गरिएको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए। 

प्रकाशित: २० मंसिर २०७४ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App