coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चिनियाँ राजदूतले एमाले अध्यक्ष ओली भेटे

काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग चिनियां राजदूत उ चुन्ताईले ओली निवास बालकोटमा शुक्रबार भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा ९ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबिच द्धिपक्षीय दिर्घकालिन हितका बिषयमा महत्वपुर्ण सम्झौताहरु भएको भन्दै तीनको कार्यान्वयन हुने बिश्वास राजदूतले व्यक्त गरे।

उनले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालको बिकासमा चिनियां लगानी र सहयोगलाई द्धिपक्षीय समझदारीमा अघिद्ध बढाइएको र त्यसका सकारात्मक परिणामहरु आइरहेको समेत राजदूतले बताए। करिव एक घण्टा भएको वार्तामा नेपालको बिकासमा चीन सधै सहयोगी रहने समेत राजदूतले बताए।

उनले नेपालको विकासमा दुबै छिमेकी चीन र भारतलाई उत्तिकै महत्वकासाथ सहभागि हुन आग्रह गरिएको र सन्तुलनका आधारमा बैदेशिक सम्बन्ध अघि बढाएको बताए। चीनसंगका सम्झौता र समझदारी नेपालको हितमा रहेको भन्दै तीनलाई कुनै देश लक्षित रुपमा ब्झ्नु नहुने बताए।

यसअघि शुक्रबारै नेपालका लागि बेलायती राजदुत रिचार्ड मोरिसले पनि अध्यक्ष ओलीसंग बालकोट निवासमा भेट गरेका थिए। त्यसक्रममा नेपाल र बेलायतबीचको सम्बन्ध सुमधुररुपमा अघि बढेको भन्दै त्यसलाई अध्यक्ष ओलीलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित: २१ श्रावण २०७३ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App