संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उत्तर कोरियामा

बुधबार, २० मङि्सर २०७४, १३ : ३५ एजेन्सी

प्योङयाङ –  संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले  ४ दिने उत्तर कोरिया भ्रमणमा गएका छन् । 
विगत ६ वर्ष अगाडि देखि नै राष्ट्रसंघका कुनै पनि कर्मचारीले उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । गत साता उत्तर कोरियाले गरेको अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण  पश्चात् संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको भ्रमण आवश्यक ठानेको हो। 

उत्तर कोरियाले परीक्षण गरेको उक्त मिसाइलले अमेरिकालाई पूर्णरुपमा ध्वस्त बनाउन सक्ने दाबी उत्तर कोरियाले गरेको थियो । उनी संयुक्त राष्ट्रसंघमा कार्यरत्त सबैभन्दा उच्च तहका अमेरिकी कर्मचारी हुन्। 

उनी आगामी शुक्रबारसम्म उत्तर कोरियाको प्योङयाङ रहने बिबिसीले जनाएको छ ।  उनले उत्तर कोरियाका विदेश मन्त्री रि योङ हो तथा उच्च अधिकारीहरुसँग भेट्ने कार्यतालिका रहेको छ।

सोमबार चीनको भ्रमण गरेका फेल्टमेनले चीनबाट उत्तर कोरिया पुगेका हुन् । चीन उत्तर कोरियाको एक प्रमुख सल्लाहकार हो।  

उत्तर कोरिया समस्या समाधानमा द्विपक्षीय समाधान आवश्यक ठानी फेल्टमेनले चीनको र उत्तर कोरिया भ्रमणलाई परिपूरकका रुपमा लिएका हुन्। 

उत्तर कोरियाली नेता किम जोन उनलाई भने उनले नभेट्ने बताएका छन् ।  








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad