७ वैशाख २०८१ शुक्रबार
समाज

कुश्ती खेलाडी यादवको निधन

राजविराज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एकजना कुश्ती खेलाडी मधु यादवको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको आज जनाइएको छ। 

साविक कोइलाडी मधेपुरा गाविसको विगत १५ वर्षदेखि निरन्तर वडाध्यक्ष रहँदै आएका वडा नम्बर–८ निवासी यादवको असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

उनी विगत केही समयदेखि मधुमेह तथा मुटुरोगबाट पीडित रहँदै आएका थिए। कुश्ती खेलका राष्ट्रिय खेलाडीसमेत रहेका उनको जिल्ला तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी भई दर्जनौँ कप, पदक तथा पुरस्कारसमेत प्राप्त गरेका थिए। 

उनी कोइलाडी मधेपुरास्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत थिए। यस अतिरिक्त सामाजिक क्षेत्रमा उनको धेरै योगदान रहेको थियो। यादवका एक पत्नी, छोरा र दुई छोरी रहेका छन्। 

प्रकाशित: २० मंसिर २०७४ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App