८ वैशाख २०८१ शनिबार
समाज

इटहरीमा एकैदिन ६ वटा घरमा चोरी

इटहरी– सुनसरी जिल्लाको इटहरीलाई सुरक्षित र समृद्ध शहर बनाउन दुई वर्षअघि देखि प्रहरीले ‘ब्लक पुलिसिङ’ अभियान थालेको छ। यो अभियान तीन महिना परीक्षणका लागि गरिएको थियो। पछिल्लो समय इटहरीलाई सुरक्षित राख्नका लागि ‘सेफर इटहरी’ अभियान चलिरहेको छ। यहाँ सरुवा भएर आउने प्रहरी प्रमुख डिएसपीले इटहरीलाई सुरक्षित राख्न नयाँ–नयाँ अभियान चलाउने गर्छन्। तर, बिहीबार दिउँसो इटहरी वडा नं. १ र ८ का ६ वटा घरमा चोरी भएपछि सुरक्षाको अवस्था टीठलाग्दो देखिएको छ।

चोरी गर्ने समूहले इटहरी वडा नं. १ को दुखादेवी सरदार, वडा नं. ८ भोजपुरे टोलका नीरबहादुर पौडेल, छेउकै सन्जय चौधरी, बलबहादुर श्रेष्ठ, भलादमी टोलका रिक्की खनाल र पशुपति चोककी लक्ष्मी बस्नेतको घरको ताला फोडेर नगद तथा सुनचादी लगेको छ । यी छवटै घरबाट तीन लाख रुपैयाँ र चार तोला सुन चोरी गर्ने समूहले लगेको छ ।

‘चोरी गर्ने समूहले कपितयको बाहिर लगाएको चाबी फोडेर कोठामा पसेर नगद तथा सुनचादी लगेको छ। जसको घरमा नगद र सुनचाँदी नभेटदा दराजको चाबी मात्र फुटाएको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर राजन कार्कीले भने ।

एकै दिन त्यसमाथि इटहरीको सुरक्षित मानिएको वडा नं. १ र ८ बाट घरमा लगाएको चाबी फुटाएर चोरी भएपछि प्रहरीलाई सुरक्षा चूनौती थपिएको छ। ‘चोरी गर्ने समूहको पत्ता लगाउनका लागि सक्रिय रुपमा खटिएका छौं, ५० प्रतिशत सफलता प्राप्त भइसकेको छ,’ इनिस्पेक्टर कार्कीले भने, ‘केही दिनभित्रमै चोरी गर्नेलाई पक्राउ गरिनेछ।’

इटहरीमा मंसिरदेखि फागुन महिनासम्म पनि चोरी गर्ने समूह सक्रिय भएको थियो । हिउँद जाडो मौसममा इटहरीको संगीत चोकमा कस्मेटिक पसल गर्ने राजु रायको पसलको सटर फोडेर केही सीमित पैसा चोरी गरेको थियो। यस्तै, इटहरी वडा नं. २६ की लक्ष्मी बस्नेत र सोही वडाका अन्य केही घरमा चोरी भएको थियो । हिउँदको समय र पछिल्लो समय चोरी गर्ने एउटै समूह भएको प्रहरीको अनुमान छ।

 

प्रकाशित: २१ श्रावण २०७३ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App