७ वैशाख २०८१ शुक्रबार
खेल

विन्टर ओलम्पिकमा रुसले खेल्न नपाउने

जेनेभा- अर्को वर्षको फेब्रुअरी ९ तारिखदेखि दक्षिण कोरियाको प्योङचाङमा सुरु हुने विन्टर ओलम्पिक रुसले खेल्न नपाउने भएको छ। सोमबार राती स्विट्जरल्याण्डमा बसेको अन्तर्राष्ट्रय ओलम्पिक कमिटि आईओसीको वैठकले रुसलाई विन्टर ओलम्पिक खेल्नबाट बन्चित गराएको हो । आईओसीको यो निर्णयको रुसमा तिब्र आलोचना भएको छ।

डोपिङ प्रकरणमा निर्दोष प्रमाणित गर्न सक्ने रुसी खेलाडीहरुले भने आफुलाई तटस्थ रुपमा रहेर विन्टर ओलम्पिकमा सहभागि जनाउन पाउनेछन।

चार वर्षअघि रुसकै सुचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाइएपछि रुसलाई गत वर्ष ब्राजिलमा सम्पन्न रियो ओलम्पिक खेल्नबाट समेत प्रतिबन्ध लगाईएको थियो। आईओसीले रुसलाई प्रतिबन्ध लगाएपछि अब अर्को वर्ष रुसमै आयोजना हुने विश्वकप फुटबल समेत विवादमा पर्ने देखिएको छ।

प्रकाशित: २० मंसिर २०७४ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App