coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पत्रकारको योग्यता तोक्नुपर्ने

काठमाडौँ- प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रलाई पेसाको मापदण्ड अनुकूल बनाउन तयार गरेको पत्रकारको योग्यता परीक्षण अध्ययनसम्बन्धी प्रतिवेदन छलफलका लागि सार्वजनिक गरेको छ।

पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले तयार गरेको प्रतिवेदन शुक्रबार काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की समक्ष प्रस्तुत गरिएको छ।

सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा रामकृष्ण तिमल्सेना संयोजक तथा रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभाग प्रमुख डा कुन्दन अर्याल, ‘नागरिक’ दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र सचिवमा काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाल रहेको कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमाथि सञ्चार विज्ञको सुझावका आधारमा पत्रकारका योग्यता परीक्षण गर्ने तयारी गरिएको हो।

प्रतिवेदनमा पत्रकारको योग्यता तोक्नुपर्ने औचित्य, पत्रकारको योग्यताबारे विभिन्न देशको प्रावधान, परीक्षणको किसिम, परीक्षण कार्यविधि, योग्यता, पाठ्यक्रमको उद्देश्य र पाठ्यक्रमको ढाँचाबारे उल्लेख छ ।

काउन्सिलका अध्यक्ष कार्कीले सिङ्गो पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले काउन्सिलले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरिहेको जानकारी दिनुभयो । रासस

 

प्रकाशित: २१ श्रावण २०७३ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App