१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यसरी गरियो मतदान अधिकृतलाई सम्मान (भिडियो)

सिन्धुपाल्चोक- शान्त र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराएका मतदान अधिकृतहरुलाई मंगलबार सम्मान गरिएको छ। सिन्धुपाल्चोकमा पहिलो चरणमा मंसिर १० मत मतदान भएको थियो।

मतगणनाको पूर्वसन्ध्यामा सदरमुकाम चौतारामा विशेष कार्यक्रम नै राखेर उनीहरुलाई सम्मान गरिएको हो । मतदानमा खटिने सबै २ सय ८५ मतदान अधिकृतलाई नै प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो।

मुख्य निर्वाचन अधिकृत दीपक खनाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, गोरखबहादुर गणका गणपति प्रमुख सेनानी उमेश कार्की लगायतले संयूक्त रुपमा उनीहरुलाई प्रसंशापत्रले सम्मान गरे।

सिन्धुपाल्चोकको चुनावी इतिहासमा निर्वाचनमा खटिने मतदान अधिकृतलाई सम्मान गरिएको सम्भवत यो पहिलो पटक हो। मतदानमा खटिने मतदान अधिकृतलाई सम्मान गर्ने निर्वाचन आयोगको औपचारिक निर्णय र कार्यक्रम नभए पनि जिल्लामा उनीहरुको योगदानको मूल्यांकन गर्दै प्रशंसापत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृत खनालले बताए।

 ‘विषम् र कठिन परिस्थितिमा पनि कुनै गुनासो आउन नदिइ मतदान सम्पन्न गराउने मतदान अधिकृतहरु सम्मानको हकदार हुनुहुन्छ,’ प्रशंसापत्र वितरण गर्दै उनले भने । जिसस प्रमुख तामाङ र प्रजिअ तामाङले पनि मतदान अधिकृतहरुको कामको प्रशंसा गर्दै उनीहरुप्रति सम्मानको शब्द खर्चिए।

प्रकाशित: १९ मंसिर २०७४ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App