७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजमार्गमा चेकजाँच कडाई

धादिङ- केही दिनअघि काठमाडौँ जादै गरेको बसमा बम भेटिएपछि राजमार्गमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ। बम र विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ परेपछि राजधानीमा दोस्रो चरणमा हुने निर्वाचन लक्षित गरेर राजमार्गमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

धादिङ जिल्लामा मंसिर १० गते नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनका लागि लुकाईछिपाई विस्फोटक पदार्थ राजधानी भित्राउने गरेको घटनापछि प्रहरीको आखाँ राजमार्गमा चल्ने सवारी चेकजाँचमा परेको छ। भारतबाट नेपाल छिर्ने नाका हुँदै विस्फोटक पदार्थको ओसारपसार हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको प्रहरी उपरीक्षक धुव्रराज राउतले बताए। ‘सवारीसाधनमा लुकाईछिपाई विस्फोटक पदार्थ राजधानी भित्रन थालेपछि चेकजाँच कडाई गरिएको हो।’ राउतले भने, ‘राजधानीका विभिन्न क्षेत्रमा बम भेटिएको घटना भइरहदाँ राजधानी भित्रने सवारीमा चेकजाँच गरेका हौँ।’

राजधानी छिर्न पृथ्वी राजमार्ग हुँदै विभिन्न जिल्लाबाट आउने सवारीमा भारतीय नाकाबाट नै बम फिट गरेर आउने गरेको प्रहरीको अनुमान छ। सरकारले नेपाल छिर्ने नाकामा सुरक्षा कडाई गरेपनि विभिन्न जिल्ला हुँदै विस्फोटक पदार्थ राजधानी भित्रिने गरेको छ।  काठमाडौमा सुरक्षा चुनौती थेग्न प्रहरीले राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरेको हो।

काठमाडौको निर्वाचनलाई लक्षित गर्दै राजमार्गमा सुरक्षा व्यवस्था कडा पारेको प्रहरीले जानकारी दिएको छ। राजधानी प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको विभिन्न क्षेत्रमा सादा पोशाकमा प्रहरी खटाइएको छ। राजधानी छिर्ने मुख्य नाका नागढुगांमा पनि बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ। लामो तथा छोटो दुरीका सवारीमा यात्रा गर्ने यात्रुका झोला, गाडीको डिकी, सिटमा समेत चेक गरिएको छ। दामन, पालुङ हुँदै राजधानी छिर्ने नाकामा पनि यात्रुलाई ओराली चेकिङ गरिएको छ।

निर्वाचन हुने क्षेत्रहरुमा निर्वाचन विरोधी गतिविधि हुन नदिन र कुनै पनि अप्रिय घटनाहरु नहोस् भन्दै राजमार्ग भएर आवत जावत गर्ने सवारीका साधनहरुलाई समेत कडाई गरिएको हो। ‘निर्वाचनका समयमा खासगरी भारतबाट नेपाल छिरेका मालवाहक गाडीहरुमा लुकाईछिपाई विस्फोटक पदार्थ ल्याउने गरेको भेटिएको छ। त्यसलाई कमी गर्न पनि अभियानै बनाएर चेकिङ गरेका हौँ ।’ इलाका प्रहरी कार्यालय खानीखोलाका  ट्राफिक प्रहरी जयराम पुडाशैनीले भने। अपरिचित व्यक्ति वा सामाग्री देखेमा त्यस्ता व्यक्तिको बारेमा तत्काल प्रहरीमा सूचना दिएर सहयोग गर्न पुडाशैनीले आग्रह समेत गरे ।

निर्वाचनलाई स्वच्छ, शान्त र निस्पक्ष बनाउनका लागि अभियानकै रुपमा संचालन गरिएको प्रहरी उपरीक्षक राउतको भनाई छ । पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने जोगिमारा, गजुरी, खानीखोला र नाकढुङगा क्षेत्रमा सवारीलाई रोकी चेकीङ गरिएको छ । साधन र श्रोतको अभावले सवारी चेक जाँचमा समेत असहजता उत्पन्न भएको छ।

 

 

 

 

 

 

प्रकाशित: १९ मंसिर २०७४ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App