coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निर्वाचन अगाडि विप्लब समूहका १२ जना पक्राउ

वीरगन्ज- आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अशान्ति मच्चाउनसक्ने नेत्रबिक्रम चन्द नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी भनिएको संगठित समूहको १२ जनालाई पर्सा प्रहरले नियन्त्रणमा लिएको छ ।

बिस्फोट गराएर निर्वाचनको महोललाई तनावपूर्ण बनाउने घट्नाहरु दोह्रिएपछि त्यस्ता गतिविधि रोक्न प्रहरीले पर्सा १२ जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए ।

अरु सात जना भने दैनिक जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनेगरी प्रहरी निगारानीमा छन् । सोमबार साँझ सो पार्टीका एक जना सक्रिय नेता नेता सुदर्शनराज पाण्डेलाई प्रहरीले पक्राउ गर।ेको छ । पार्टीको तर्फबाट बिस्फोटलगायत गतिविधिमा लागेको आरोपमा बाराको डुमरबानाबाट त्यहाँस्थित प्रहरी इकाइको सहयोगमा पर्सा प्रहरीले पाण्डेलाई पक्राउ गरेको छ । उनी पार्टीभित्र कुन जिम्मेवारीमा छन् भन्ने खुलेको छैन् । बिगतमा वीरगन्जमा पत्रकारिता गर्दै आएका पाण्डे जनयुद्ध कालमा नेकपा माओवादीका पक्षधरको रुपमा चिनिन्थे । पछिल्लो समयमा उनी चन्द नेतृत्वको समूहमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एक साता अगाडि वीरगन्ज चिनी कारखाना आवस क्षेत्रबाट प्रहरीले संगठित भूमिगत गतिविधि सञ्चालन गरेको प्रमाणसहित पक्राउ गरेको महेन्द्र साह कलवारसँग गरिएको सोधपुछको आधारमा पाण्डे पक्राउ परेका हुन् ।

वकालत पढेका कलवारको कोठाबाट बम बनाउने बिभिन्न सामग्री, भूमिगत पार्टीको बैठकको माइन्युट, चन्दा उठाइएको रसिदको ठेली र अरु कागजातहरु फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

कलवारले दिएको जानकारीका आधारमा पाण्डे समातिएका हुन् । कलवारको चिनी कारखाना आवास क्षेत्रस्थित कोठामा पाण्डे पनि बस्दै आएका थिए । यसअघि उक्त पार्टीका भोजपुरा इन्चार्ज बिगा चौरसियासहित अरु १० जना र त्यसपछि कलवार र अहिले पाण्डे समातिएपछि प्रहरीले नियन्त्रणमा राखेका हरुको संख्या १२ पुगेको हो । सुरक्षा व्यवस्था दुरुस्त बनाउन जिल्लास्थित सबै सुरक्षा अंगहरुलाई सक्रिय बनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए ।

प्रकाशित: १९ मंसिर २०७४ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App