१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खेलकुदमा देखिएका विकृति हटाउन काम गर्नेछुः मन्त्री श्रीपाईली

काठमाडौं– युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाईलीले खेलकुद जगतमा देखिएका विकृति, विसंगति हटाउनका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘नेपालको खेलकुद जगतलाई अन्र्तराष्ट्रिय स्तरको बनाउनका लागि पनि विशेष पहल गर्नेछु,’ उनले भने, ‘केही ऐन कानुन बनाउनुपर्ने छन्, मेरो पहिलो ध्यान त्यतैतिर हुन्छ।’ उनले खेलजगतमा आवद्ध अग्रज र दिग्जहरुसँगको सरसल्लाहबाटै आफू अघि बढ्ने बताए।

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री श्रीपाईलीले नेपाली खेलाडीको सिप, क्षमता र दक्षता नै नेपालको खेलकुद क्षेत्रको पुँजी भएको उल्लेख गरे।

नेपालको खेलकुद क्षेत्रलाई अन्र्तराष्ट्रिय जगतमा चिनाउनेगरि काम थाल्ने उनले बताए।  

 

प्रकाशित: २१ श्रावण २०७३ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App