प्रदेशसभा बैठकस्थल पहिचान गर्दै सरकार

मङ्गलबार, १९ मङि्सर २०७४, ०८ : १३ भुवन शर्मा

काठमाडौं- सरकारले सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो  बैठक बस्ने सम्भावित भवन र ठाउँ छनोट गरेको छ ।
प्रदेशसभा बैठक बस्ने भवन छनोट गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री कार्यालयलाई बुझाएको प्रतिवेदनका आधारमा सरकारले सातै क्षेत्रमा सम्भावित स्थान र भवन छनोट गरेको हो । सरकारको यो छनोट अन्तिम नभएर प्रारम्भिक हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावलगत्तै प्रदेशसभाको पहिलो बैठक बस्ने स्थान, भवन, प्रदेश प्रमुख मनोयन र कर्मचारी व्यवस्थापन गर्ने तयारी गरेको जनाए ।

सहरी विकास मन्त्रालयका सहसचिव पौडेलले बुझाएको रिपोर्टमा १ नम्बर प्रदेशमा प्रदेशसभाको पहिलो बैठकका लागि विराटनगर र धनकुटामध्ये एक उपयुक्त हुने सुझाएको छ । सरकारले भने विराटनगरस्थित मोरङ सिँचाइ कार्यालयको भवनमा प्रदेशसभाको पहिलो बैठक बोलाउने निर्णय गर्ने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । पौडेल कार्यदलले प्रदेशसभा बैठकस्थल छनोट गर्न विराटनगर, तरहरा र धनकुटाको स्थलगत अध्ययन गरेको थियो । कार्यदलले विराटनगरस्थित मोरङ सिँचाइ कार्यालयको भवन बैठकका लागि सबैभन्दा उपयुक्त भएको रिपोर्टमा उल्लेख गरेको स्रोतको दाबी छ ।
यसैगरी सरकारले दुई नम्बर प्रदेशमा जनकपुर चुरोट कारखानाको भवनलाई प्रदेशसभाको पहिलो बैठक स्थल तोक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । पौडेल कार्यदलले वीरगञ्जस्थित वीरगञ्ज चिनी कारखानाको भवन या नारायणी सिँचाइ कार्यालयको भवनमध्ये एक छान्न सुझाएको छ ।  दुई नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर बनाउने कि वीरगञ्ज भन्नेमा विवाद छ ।
यसैगरी तीन नम्बर प्रदेशसभा बैठकका लागि ललितपुरस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठानको भवन या सिँचाइ कार्यालयको भवनमध्ये एउटा तोक्ने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । पौडल कार्यदलले भने भक्तपुरस्थित कृषि विकास कार्यालय तालिम भवन÷शिक्षा विभागको कोलनी या धुलिखेलमध्ये एक ठाउँ प्रदेशसभा बैठकका लागि उपयुक्त हुने सुझाव दिएको छ ।

यसैगरी ४ नम्बर प्रदेशसभा बैठक पोखरामा बोलाउने तयारी सरकारले गरेको छ । ४ नम्बर प्रदेशको राजधानी कहाँ बनाउने भन्नेबारे विवाद छैन । सरकारले पोखरास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन या विषयगत क्षेत्रीय कार्यालयका भवनमा प्रदेशसभाको पहिलो बैठक बोलाउने तयारी गरेको स्रोतको भनाइ छ ।

यसैगरी पाच नम्बर प्रदेशसभाको पहिलो बैठक  घोराहीमा बोलाउने तयारी छ । अध्ययन कार्यदलले  भने लमही (बहुद्देश्यीय सरकारी भवन) या बुटवलमा प्रदेशसभाको पहिलो बैठक बोलाउन उपयुक्त हुने सुझाएको छ ।

यसैगरी ६ नम्बर प्रदेशसभाको पहिलो बैठक  सुर्खेतस्थित क्षेत्रीय प्रशासन कार्यालय या क्षेत्रीय विषयगत कार्यालयमा बोलाउने तयारी सरकारले गरेको छ ।

सात नम्बर प्रदेशसभाको बैठक धनगढीमा बोलाउने तयारी छ  । अध्ययन कार्यदलले धनगढीबाहेक डोटी पनि प्रदेशसभाको पहिलो बैठकका लागि उपयुक्त भएको देखाएको छ ।

प्रधानमन्त्री कार्यलयका प्रवक्ता पन्थीले प्रदेशसभाको पहिलो बैठक बोलाउन अहिले उपयुक्त भवनको अध्ययन भइरहेको जनाए । उनले भने, ‘प्रदेशसभाको पहिलो बैठक बोलाउन उपयुक्त भवन र स्थल अध्ययन गर्न प्रधानमन्त्री कार्यालयले गठन गरेको टोलीले दिएको रिपोर्टका आधारमा छनोट गर्ने तयारी भएको छ ।’ अध्ययन टोलीले सम्भावित स्थानमा गई अध्ययन गरेको थियो ।
संविधानमा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको २० दिनभित्र प्रदेशसभा बैठक बोलाउनुपर्ने बाध्यताम्मक व्यवस्था छ । संविधानअनुसार प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठकको आह्वान गर्नुपर्छ । सरकारले प्रदेशसभाको पहिलो बैठक बोलाउने स्थल तोक्ने र प्रदेश प्रमुख मनोनयन सँगसँगै गर्ने तयारी गरेको छ ।







यसमा तपाईको मत


अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने  स्मार्टफोनहरू

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने स्मार्टफोनहरू

यहाँ विभिन्न स्मार्टफोन निर्माताहरूको कुन कुन मोडलले एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने निश्चित भएको छ भन्ने कुराको जानकारी दिईएको छ

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...