६ वैशाख २०८१ बिहीबार
समाज

विष्फोटक पदार्थ पत्ता लगाउन कुकुरको प्रयोग

विष्फोटक पदार्थ रहेनरहेको पत्ता लगाउने तालिमप्राप्त कुकुर मार्फत लहानक्षेत्रको मतदान केन्द्रमा चेकजाँच गराउँदै प्रहरी। तस्बिर: नागरिक

लहान- आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मूखमा देशभर भैरहेको विष्फोटनका घटनाले सुरक्षामा चुनौती थपेको छ। निर्वाचनको प्रमूख चुनौतीको रुपमा रहेको विस्फोटनका घटना रोक्न लहान प्रहरीले विस्फोटक पदार्थ पता लगाउने तालिम प्राप्त कुकुर मार्फत चेकजाँच तिब्र पारेको छ।

काठमाडौंबाट ल्याएर ईलका प्रहरी कार्यालय लहानमा राखिएको उक्त तालिम प्राप्त कुकुर जिल्लाभरका सम्बेदनशील र अतिसम्वेदनशील मतदानकेन्द्रमा विस्फोटक पदार्थ पता लगाउने काम गरिरहेको छ। सँगै जिल्लाको सम्वेदनशील र अतिसम्वेदनशील क्षेत्रमा समेत प्रयोग गरिएको छ।

लहान प्रहरी प्रमूख(डिएपी) नरेशराज सुवेदीका अनुसार जिल्लाको सम्वेदनशील क्षेत्रमा चेकजाँच गरी विष्फोटक पदार्थ रहेनरहेको पत्ता लगाउन काठमाडौंबाट तालिमप्राप्त कुकुर झिकाइएको हो । ‘मतदान केन्द्र र आसपासका क्षेत्रमा तालिम प्राप्त कुकुरमार्फत विशेष चेकजाँच गराउँदै छौं’ उनले भने ।’ जिल्लामा ४३६ मतदान केन्द्र छन्।

 

 

 

प्रकाशित: १८ मंसिर २०७४ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App