coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यो पटक तोडिएला नेमकिपाको गढ ?

काठमाडौं- २०४८साल पछि  नेपाल मजदुर किसान पार्टीले एकलौटी प्रभाव जमाउँदै आएको भक्तपुर १ मा नेमकिपाको गढ तोड्न नेपाली कांग्रेस र एमालेले यस पटक निकै मिहेनत गरेका छन्। यता नेमकिपा भने  भक्तपुर १ मा आफनो प्रभाव कायमै रहनेमा ढुक्क छ।

प्रतिनिधि सभामा नभए पनि भक्तपुर १का दुइ वटा प्रदेश सभा मध्ये एउटा प्रदेश सभामा  आफू विजयी हुने कांग्रेस र एमाले दुवै पार्टीका नेताहरूले आशा गरेका छन। भक्तपुर १का दुइ प्रदेश सभा क्षेत्र मध्ये भक्तपुर नगरपालिकाको १ देखि ९ वडा सम्मको वडा (ख)  र चागुँनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिकाको १० नम्वर वडा (क) प्रदेश सभ निर्वाचन क्षेत्रमा  पर्छ ।  प्रदेश सभा (ख ) अन्तर्गत पर्ने  भक्तपुर नगरपालिकामा कांग्रेस र एमाले दुवैले आशा गरेका छैनन। स्थानीय तहमा नेमकिपाले पाएको मतको आधार भक्तपुर नगरपालिकामा कांग्रेस र एमाले मिले पनि नेमकिपा विजयी हुने स्थिति छ ।तर चागुँनारायण नगरपालिकामा भने नेमकिपाको प्रभाव घट्दै गएको कांग्रेस र एमालेका नेताहरूको बुझाइ रहेको छ । चाँगुनारायण नगरपालिकाबाट आएको भोटले भक्तपुर १ मा  प्रतिनिधि सभामा पनि आशा गर्न सकिने कांग्रेस र एमालेका नेताहरूको बुझाइ रहेको छ ।

भक्तपुर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा नेमकिपाले २३ हजार ४२ भोट ल्याएको थियो भने बामगठबन्धनको पक्षमा ६ हजार ५ सय ६९ भोट खशेको थियो । यसैगरी लोकतान्त्रिक गठबन्धनको पक्षमा ६ हजार ७सय ७१ भोट खसेको थियो। लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको भोट जोड्दा पनि दोब्बर भोटले नेमकिपा नै अगाडि आउँछ । यसपटक भक्तपुर १मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसबाट बाबुराज जोशीले उम्मेदवारी दिएका छन ।यसैगरी प्रदेश सभामा (क)मा जीवन खत्री र (ख)मा अनिल भुजुले उम्मेदवारी दिएका छन् ।यसैगरी बाम गठबन्धनबाट भक्तपुर १ मा प्रतिनिधि सभाको निर्वाचनमा  माओवादीका उम्मेदवार मिलन सुवाल चुनाव लडेका छन् ।यसैगरी प्रदेश सभामा (क)मा एमालेका हरिशरण लामिछाने  (ख)मा माओवादीका रोमन सिलाकारले उम्मेदावरी दिएका छन् ।

भक्तपुर १ मा प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका बाबुराज जोशीले २०४८साल देखिको नेमकिपाको एकलौटी प्रभाव यसपटक हट्ने दावी गरे ।उनले भने, ‘भक्तपुर १का जनता नयाँ अनुहार खोजेका छन । यहाँका जनता  एउटै पार्टी,एउटै अनुहारबाट दिक्क भएका छन् ’ भक्तपुर १मा नेमकिपा सधैभर विजयी हुदा भक्तपुर १को विकास हुन नसकेको,राष्ट्रिय राजनीतमा भक्तपुर १को पहुँच पुग्न नसकेको उनले दावी गरे । । नेमकिपाले भक्तपुरको भक्तपुर नगरपालिकालाई मात्र हेर्ने तर भक्तपुर १को अरु ठाउमा बेवास्ता गर्ने गरेको  उनले आरोप लगाए।

यसैगरी भक्तपुर १ (क)बाट पदेश सभामा बामगठबन्धनबाट उम्मेदवार दिएका हरिशरण लामिछानेले भक्तपुर १को (क)मा बामगठबन्धन विजयी हुने दावी गरे। ‘भक्तपुर १ (क)मा हामी बिजयी हुन्छौ । अरु क्षेत्रमा पनि हाम्रो प्रतिष्पर्धा रहन्छ । ’ उनले भने । भक्तपुर १मा नेमकिपाको प्रभाव घट्दै गएको  र बाम गठबन्धनको प्रभाव बढ्दै गएको उनले दावी गरे । उनले भने, ‘स्थानीय निर्वाचन भन्दा यसपटक हाम्रो पक्षमा धेरै सुधार हुन्छ। ’

भक्तपुर १ मा नेमकिपाबाट प्रतिनिधि सभामा प्रेम सुवालले उम्मेदवारी दिएका छन भने प्रदेश सभामा १ (क)मा निरज लबजु र (ख)मा सुरेन्द्र गोसाईले उम्मेदवारी दिएका छन् । भक्तपुर १ (ख)मा नेमकिपाबाट प्रदेश सभामा उम्मेदवारी दिएका सुरेन्द्र गोसाईले आफू विजयी हुनेमा ढुक्क भएका छन् । भक्तपुरको १ को प्रतिनिधि सभा र दुइ वटा प्रदेश सभामा नेमकिपा विजयी हुने निश्चित भएको पनि उनले भने ।उनले भने, ‘अब हामीले परिणाम कुर्दै छौ ।’भक्तपुर १मा गत स्थानीय निर्वाचन भन्दा यसपट पाटीको पक्षमा राम्रो परिणाम आउने पनि उनले दावी गरे। ‘भक्तपुर १का जनता नेमकिपा नै चाहन्छन। यसको प्रमाण हो, विगतमा चुनावमा नेमकिपाले पाएको भोट’ उनले दावी गरे। भक्तपुर १ मा नेमकिपाको चुनौती सामना गर्न  बामगठबन्धनबाट एमाले र माओवादी मिलेका छन भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस र राप्रपा मिलेका छन । नेमकिपाको सबै भन्दा बढी प्रभाव रहेको भक्तपुर १ (ख)मा नेपाली कांग्रेसले राप्रपाको सहयोग  लिएर र माओवादीले एमालेको साथ लिएर चुनावी मैदामा उत्रेको छ  । यो पटक भक्तपुर १मा मतदाताको सख्या ९४ हजार १सय ६४ रहेको छ । जस मध्ये (क)मा ४३ हजार ५सय ५२ रहेको छ भने (ख)मा ५०हजार ६सय १२ मतदाताको सख्या रहेको छ।

प्रकाशित: १८ मंसिर २०७४ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App