coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको चाहना नै युद्ध भएको रुसको दाबी

मस्को – अमेरिकी चाहना नै युद्ध भएको रुसका विदेशमन्त्री सर्गेइ लाभारोभको दाबी छ। 
उत्तर कोरियालाई अमेरिकाले उत्तेजित बनाएको विदेशमन्त्री लाभारोभको आरोप छ । विश्वका सम्पूर्ण मुलुकहरूले उत्तर कोरियासँगको सम्बन्ध तोड्नका लागि गरेको आग्रहलाई रुसले अस्वीकार गर्दै आइरहेको छ। 

पछिल्लो समय उत्तर कोरिया अमेरिका लगायत अमेरिकाका गठबन्धन मुलुकहरू बीचको सम्बन्धलाई कुटनीतिक रुपमा नै समाधान गर्नुपर्ने मन्त्री लाभारोभले जिकिर गरे। 

संयुक्त राष्ट्रसंघले अमेरिकाको आग्रहमा उत्तर कोरियामाथि गरेको आर्थिक नाकाबन्दी अर्थहीन रहेको रुसले बताउँदै आएको छ। 

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले  उत्तर कोरियासँग सम्बन्ध विच्छेद गर्नका लागि विश्व समुदायलाई आग्रह गरेकी थिइन् । चीनले उत्तर कोरियालाई निर्यात गर्दै आएको तेल निर्यातमा रोक लगाउनुपर्ने हेलीले बताइन्। 

संयुक्त राष्ट्रसंघीयले सुरक्षा परिषद्को बैठकका बोल्दै राजदूत हेलीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षीलाई उत्तर कोरियालाई तेल निर्यात नगर्नका लागि आग्रह गरिसकेको बताएकी थिइन्। 

अमेरिकाले नचाहँदै पनि द्वन्द्वको सामना गर्नुपर्ने स्थिति भएमा उत्तर कोरिया पूर्णरुपमा ध्वस्त हुने समेत हेलीको दाबी थियो । 
उत्तर कोरियाले बुधबार जापानमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र अहिले सम्मकै शक्तिशाली अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र भएको दाबी समेत उत्तर कोरियाली नेता किम जोन उनले गरेका थिए। 

उत्तर कोरियाको मिसाइल परीक्षणले विश्व शान्तिको पूर्णरुपमा अपमान गरेको संयुक्त राष्ट्रसंघले गत बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको थियो। 

लगातार रुपमा  उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले विश्व शान्तिमा बाधा पुगेको र  यसले विश्वमा हतियारको होडबाजी बढ्ने राष्ट्रसंघको ठहर थियो। 

प्रकाशित: १८ मंसिर २०७४ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App