coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरीमा डुबेर बालकको मृत्यु

खोटाङ – पोखरीमा डुबेर खोटाङमा १८ महिने बालकको मृत्यु भएको छ। घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो । 

आमा बिरामी परेका कारण हजुरआमाको रेखदेखमा रहेका बालक हजुरमा गाईवस्तुलाई घाँस दिन गएर फर्कदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा भेटिएको स्थानीयवासी भगेश्वर राईले बताए। घरमा कोही नभएको समयमा खेल्दै जाँदा माछा पोखरीमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

घटनाको विषयमा अनुसन्धानका लागि घटनास्थलमा प्रहरीे टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए। मृत बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको आफन्तले जनाएका छन्। 

प्रकाशित: १८ मंसिर २०७४ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App