coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्मचारी मतदान केन्द्रमा पुग्दै

रौतहट- निर्वाचनको ३ दिनअघि जिल्लाको सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी पुग्न थालेका छन्। जिल्ला सदरमुकाममा केन्द्रित निर्वाचन कार्यालयहरुबाट मतदान सामाग्री बुझ्दै कर्मचारीहरु मतदान केन्द्रमा जान थालेका छन्। जिल्लामा ४ सय ४९ मतदान केन्द्र रहेका छन्। सबै मतदान केन्द्रमा गरी जिल्ला निर्वाचन कार्यालयले ३ हजार ५९२ कर्मचारी खटिएका छन्।

कतिपय मतदान केन्द्रमा पुगेर मतदान अधिकृतहरुले निषेधित क्षेत्र घोषणा गरिएको र मतदान केन्द्र तोकिएको सम्बन्धी सूचना पनि प्रकाशित गरिसकेका छन्। बिहानै मतदान केन्द्रमा पुगेर आफूले सूचना प्रकाशित गरी मतदान सामग्री बुझ्न सदरमुकाम प्रस्थान गरेको मावि भवन हिमालीबासका मतदान अधिकृत रेणुकुमारी गुप्ताले बताएका छन्।

मतदान केन्द्रमा पुगेर कर्मचारीहरुले सर्वदलीय बैठक बोलाउने र बूथ निर्माणको काम समेत गर्न थालेका छन् । राती अत्यधिक जाडो हुने भएकोले कतिपय ठाउँमा बासको व्यवस्था गर्न कठिन भएको कर्मचारीहरुले बताएका छन्।

जिल्लामा सबै किसिमले सुरक्षा व्यवस्था बलियो बनाइएको र सबै मतदान स्थलमा सुरक्षाकर्मी परिचालन गरिसकिएको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताएका छन् । जिल्लामा सात हजार सुरक्षाकर्मी परिचालन गरिएको एसपि पोखरेलले बताएका छन्।

प्रकाशित: १८ मंसिर २०७४ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App