७ वैशाख २०८१ शुक्रबार
समाज

अमेरिकन पेस्तोलसहित तीन पक्राउ

तनहुँ –  आबुखैरेनी गाउँपालिकाबाट ४ थान अमेरिकन पेस्तोलसहित तिन युवा पक्राउ परेका छन्।

आबुखैरेनी गाउँपालिका ३ बस्ने अभियान श्रेष्ठको घरबाट ४ थान अमेरिकन नाइन एम एम  पेस्तोल सहित ३९ राउण्ड गोली समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

आबुखैरेनी गाउँपालिका ३ बस्ने अभियान श्रेष्ठको घरमा खोजतालसी गर्दा उक्त हतियार बरामद गरिएको इलाका प्रहरी कार्यालय तनहुँले जनाएको छ । हतियारसहित पक्राउ पर्नेमा श्रेष्ठको साथसाथै आवुखैरेनी गाउँपालिका ४  बेनिटारका २४ वर्षीय विजय गुरुङ र २६ वर्षीय जय गुरुङ रहेको इलका प्रहरी कार्यालय आवुखैरेनीका  प्रहरी निरीक्षक लोक गुरुङले जानकारी दिए।

सूचना पाएपछि नेपाली सेनाको ढकालटार गुल्म र इलाका प्रहरी कार्यालय आबुखैरेनीको टोलीले  खानतलासी पश्चात हतियारसहित तिनै जनालाई पक्राउ गर्न सफल भएको गुरुङले जानकारी दिए। 

प्रकाशित: १८ मंसिर २०७४ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App