coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कतारमा अलपत्र युवती स्वदेश फर्किइन्

खोटाङ– तलब नपाएर चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङकी एक युवतीलाई स्वदेश फर्काइएको छ। कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपीलासगढी गाउँपालिका–३ बासपानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो।

निरन्तर काम गरे पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उनलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलव्ध गराएर स्वदेश फकाईएको समाजका द्वितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले जानकारी दिए।

पाउनुपर्ने बाँकी तलबका लागि पटक–पटक माग राखे पनि कम्पनी मालिकले वास्ता नगरेपछि उले श्रम अदालतमा उजुरी दिएकी थिइन्। त्यसपछि कम्पनी मालिक सम्पर्कबिहीन बनेपछि राई बिचल्नीमा परेकी थिइन्। कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाज समक्ष सहयोगका लागि मौखिक आग्रह गरेकी थिइन्।

पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुगेकी थिइन् । ऋण काढेर पुगेको कतारमा उल्टै अलपत्र बनेपछि राई परिवारको सपना भताभुङ्ग भएको छ।

प्रकाशित: १८ मंसिर २०७४ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App