पर्यटक अाकर्षित गर्न हलेसीमा खुला संग्रहालय !

सोमबार, १८ मङि्सर २०७४, १२ : २२ दमन राई

खोटाङ– सामान्यतः संग्रहयोग्य बस्तुलाई एउटा घरको कोठाभित्र सुरक्षितसाथ सजाएर संग्रहालय निर्माण गरिन्छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भने खुला आकाशमुनि खुला ठाउँमै संग्रहालय बनाउने तयारी थालिएको छ। पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिकाले घरको कोठाभित्र सजाएर निर्माण गरिने संग्रहालयको सट्टा खुला आकाशमुनि ओपन म्यूजियम (खुला संग्रहालय) बनाउने तयारी थालेको हो।

स्थानीय इतिहास र संस्कृतिको झल्को दिने प्रतिमाहरुलाई खुला चौंरमै राखेर पार्क वा सानो शहरकोशैलीमा खुला संग्रहालय बनाउने तयारी थालिएको मेयर इवन राईले बताए।

पर्यटन प्रवद्र्धनको आधार तयार पार्नका लागि स्थानीय बुद्धिजिवीको अवधारणा अनुशार हालसम्मै अभ्यासमा नआएको खुला संग्रहालय निर्माण गर्ने तयारी थालेको हो । दुर्छिमस्थित रावाचुङगढी, होलेसुङगढी वा नगरपालिकाको अन्य ऐतिहासिकस्थलमा खुला संग्रहालय निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि नगरसभाले बजेट विनियोजन गरेको छ।

नेपाल एकीकरणकाक्रममा पृथ्वीनारायण शाहले रावाचुङगढीका किराती राजालाई पराजय गरेर अघि बढेका आधारमा खुला संग्रहालयमा किराती राजा र पृथ्बीनारायणका सेनावीचमा युद्ध भएको दृश्या, साकेला नृत्य, बालन नृत्य, अधिया नाच, मारुनी, ख्याली, छोकडा, विभिन्न जातजातीको सामाजिक परम्परा, रहनसहन, भेषभुषा, गरगहना, ऐतिहासिक सामाग्री, धार्मिक तथा सांस्कृतिक सामग्री, भूगोल लगायतलाई प्रतिविम्बित गर्ने मुर्ती निर्माण गरेर खुला ठाउँमा राखिने छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्ष्यीत गरेर खुला संग्रहालयको परिकल्पना गरिएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत अनिल किरातीले बताए।

‘ठूलो घेराचैं हुन्छ तर संग्रहालयको भवन हुँदैन,’ निमित्त कार्यकारी अधिकृत किरातीले भने, ‘यस ठाउँको सामाजिक चित्रण गर्नेगरी खुला संग्रहालय बनाउन लागिएको हो ।’ खुला संग्रहालयमार्फत सो क्षेत्रको सामाजिक र ऐतिहासिक अध्ययन समेत गर्न मिल्ने जनाइएको छ।
ईतिहास र संस्कृति सम्वन्धी मुर्ती वा प्रतिमाकाछेउमा सो विषयमा जानकारी दिने बोर्ड वा डिजिटल बोर्डमा जानकारीमुलक सामग्री पनि राखिने जनाइएको छ । ‘संग्रहालयमा सामुहिकरुपमा साकेला नाचिरहेका प्रतिमा निर्माण गरेर छेउमा साकेलामा विषयमा जानकारी दिने बोर्ड वा डिजिटल बोर्ड राखिने छ । बालन नृत्या गरिरहेको मुर्ती राखेर सो को छेउमा त्यसबारेमा जानकारी दिने सामग्री राखिने छ,’ निमित्त कार्यकारी अधिकृत किरातीले भने, ‘यही तरिकाले अन्य मुर्ती राखेर खुला संग्रहालय निर्माण गर्ने तयारी गरिएको हो। त्यसभित्र छिरेपछि स्थानीय इतिहास र संस्कृतिका विषयमा जानकारी हुन्छ ।’

हालसम्म संसारमा बन्द र लाईभ म्यूजियम मात्र प्रचलनमा रहेकामा नगरपालिकाको खुला म्यूजियम नयाँ अभ्यास हुन सक्ने मुन्धुम अध्यता एबं पत्रकार भोगीराज चामलीङले बताए। ‘म्यूजियोलोजीसँग बुझ्दा संसारमा बन्द घरभित्र राखिने म्यूजियम र अर्को लाईभ म्यूजियम प्राक्टिसमा रहेछ,’ दुर्छिम घर भएका राईले भने, ‘इतिहास र संस्कृतिलाई मुर्तीमा रुपान्तरण गरेर घरभित्र होईन घर बाहिर राखेर यो किसिमको संग्रहालय बनाउन सकिने रहेछ।’ मुर्तीबाट संस्कृति र इतिहासलाई देखाएर निर्माण गरिने म्यूजियम नयाँ प्राक्टिस हुने चामलीङले बताए।

खुला संग्रहालयका लागि नगरपालिकाले सो सँग सम्वन्धित विज्ञलाई समेटेर अध्ययन समुह बनाउने जनाएको छ । यसका लागि स्थानीय संस्कार र संस्कृति जान्ने, स्थानीय इतिहासका जानकार, अवधारणा अनुशार डिजाइन गर्ने इन्जिनियर, भनेजस्तो मुर्ती वा प्रतिमा बनाउने मुर्तीकारको समुह बनाएर संग्रहालयको कामलाई अघि बढाइने नगरपालिकाले जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad