७ वैशाख २०८१ शुक्रबार
खेल

दुहवी गोल्डकपको खेल तालिका सार्वजनिक

सुनसरी – सुनसरीको दुहवीमा मंसिर २३ गतेबाट सञ्चालन हुने दोश्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । नेपालका ‘ए‘ डिभिजन टोलीसहित ८ टोलीले सहभागिता जनाउने प्रतियोगिता पुस १ गते सम्म सञ्चालन हुनेछ। 

प्रतियोगितामा आयोजक इलाभेन एरोज दुहवीसहित मनाङ मर्स्याङ्दी, नेपाल आर्मी, रमपम झापा ११, मोरङ ११, रुपन्देही ११, चर्च ब्वाइज क्लब काठमाडौँ र बंगलादेशको मिरपुर एकादेश ढाका क्लबले सहभागिता जनाएका छन्। 

दुहवी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा रमपम झापा ११ ले चर्च ब्वाइज क्लब काठमाडौँको सामना गर्नेछ। प्रतियोगिताको विजेताले नगद ४ लाख १ हजार १ सय ११ र उपविजेताले २ लाख १ हजार १ सय ११ सहित ट्रफी, मेडल प्राप्त गर्नेछन्।

प्रकाशित: १८ मंसिर २०७४ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App