७ वैशाख २०८१ शुक्रबार
राजनीति

महान्यायाधिवक्तामा श्रेष्ठ सिफारिस

काठमाडौं- नेपाल सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता नेपाल बार एसोसिएसनका पूर्व महासचिव रमण श्रेष्ठ नियुक्तीको लागि सिफारिस भएका छन्।  

आव बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कानुनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो। २०४४ साल देखि वकालत गर्दै आएका श्रेष्ठ २०१७ सालमा बागलुङ बजारमा जन्मिएका थिए। कानुन व्यवसायको क्षेत्रमा निडर र स्पष्ट बक्ताको पहिचान बनाएका श्रेष्ठ अघिल्ला महान्यायाधिवक्ता हरी फुयाँलले राजीनामा दिए पछि रिक्त रहेको पदमा सिफारिस भएका हुन्। श्रेष्ठलाई प्रधानन्यायाधीशले राष्ट्रपति समक्ष सपथ खुवाएर जिम्मेवारी दिनेछन्।

सरकारलाई आवश्यक कानुनी सल्लाह, सरकारवादी मुद्दाहरुको पक्षमा वकालत गर्ने जिम्मेवारी महान्यायाधिवक्ताको हुन्छ। सरकार परिवर्तनसँगै आफु अनुकुलको महान्यायाधीवक्ता नियुक्ति गर्ने चलन छ।  

प्रकाशित: २१ श्रावण २०७३ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App