८ वैशाख २०८१ शनिबार
खेल

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै

म्यानचेस्टर- म्यानचेष्टर सिटीले इङ्गलिस प्रिमियर लिग फुटबलमा लगातार १३ खेलको कीर्तिमानी बनाउने क्रममा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले वेष्टह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।
वेष्टह्यामको घरेलु मैदानमा सम्पन्न खेलमा टोलीका लागि खेलको ४४ औं मिनेटमा एन्जेलो ओग्बोनाले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि  अग्रता जोगाउन नसक्दा वेष्टह्याम पराजित हुन पुग्यो । सिटीका लागि खेलको ५७औं मिनेटमा निकोलस ओटामेण्डी र ८३औं मिनेटमा डेबिड सिल्भाले गोल गर्दै सिटीलाई महत्वपूर्ण ३ अंक दिलाए ।
जितपछि सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँगको अंकदूरी ८ अंकले बढाएको छ । सिटीको १५ खेलबाट ४३ र दोस्रो स्थानको युनाइटेडको ३५ अंक छ । त्यस्तै आइतबार राति सम्पन्न अर्को खेलमा   बर्नमाउथ र साउथह्यामटनले १÷१ को बराबरी खेल्दै अंक बाडेका छन् ।
बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका रायन फ्रेजरले पहिलो गोल गरेका थिए भने साउथह्यामटनका चार्ली अस्टिनले बराबरी गोल फर्काएका थिए । बराबरीपछि बर्नमाउथ लिगको १५औं र साउथह्यामटन ११औं स्थानमा छन् ।

प्रकाशित: १८ मंसिर २०७४ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App