७ वैशाख २०८१ शुक्रबार
खेल

नवौं फाल्गुनन्द गोल्डकप पुस ७ देखि हुने

काठमाडौं- पूर्वी पहाडी जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप यही पुसा ७ देखि १५ गते सम्म पाँचथरको फिदिममा सञ्चालन हुने भएको छ । नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा सञ्चालन हुन लागेको फुटबल प्रतियोगिताको यो ९औं संस्करण हो ।

स्थानीय फिदिम उच्च माबिको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता फिदिम स्पोर्टिङ क्लबले आयोजना गर्ने लागेको हो । यसअघिका सबै ८औं संस्करण पनि फिदिम स्पोर्टिङ क्लबले नै गरेको थियो ।

क्लबले यसै हप्ता पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । यस वर्षको प्रतियोगितामा नेपालका ‘ए‘ डिभिजनका टोलीसहित मोफसलका उत्कृष्ट १० टोलीले प्रतिस्पर्धा गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ । प्रतियोगितामा यसपल्ट बाट पुरस्कार राशिसमेत वृद्धि गरिएको क्लबले जनाएको छ ।

यसपल्ट प्रतियोगिताको बिजेताले नगद ३ लाख र उपविजेताले २ लाखसहित ट्रफी मेडल प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ दी म्याच, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।  

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछन् ।  प्रतियोगितामा करिब ४ हजार दर्शक आटने बासको प्याराफिट निर्माण गर्न लागिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितालाई यसपल्ट रुस्लाले मुख्य प्रायोजन गर्ने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले बताए ।

प्रतियोगिता सञ्चालनको लागि करिब ३८ लाख ६० हजार लाग्ने अनुमान आयोजकले गरेको छ । ८औं फाल्गुनन्द गोल्डकपको उपाधि विर्ता युनाइटेड झापा ११ ले जितेको थियो ।

प्रकाशित: १८ मंसिर २०७४ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App