coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रियो ओलम्पिक २०१६ आजबाट सरु हुँदै

रियो दि जेनेरियो—दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आजबाट औपचारीक रुपमा रियो ओलम्पिक २०१६ सुरु हुँदैछ। मराकाना रंगशालामा हुने उद्घाटन समारोह करिब ३ करोड मानिसले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ। ओलम्पिकको ३१ औ संस्करण सम्मा आइपुग्दाँ कुनै पनि दक्षिण अमेरिकी राष्ट्रले ओलम्पिक खेलको आयोजना गरेको यो नै पहिलो अवसर हो ।

अगस्ट ५ देखि २१ सम्म चल्ने ओलम्पिक खेलमा २०६ राष्ट्र र केहि शरणार्थी राष्ट्रका खेलाडी गरि १० हजार ५ सय खेलाडीहरुले कुल २८ खेलमा प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिक यस अघि नै सरकारले खेल आयोजनाका लागी गरेको चर्को खर्च  , रसियाको डोपिङ काण्ड तथा जिका भाइरसको डरका कारण चर्चामा आएको थियो।

यसै प्रतियोगीताबाट कोसोभो र दक्षिणी सुडानले ओलम्पिकमा डेभ्यु गर्दैछन्। आफ्नो राष्ट्रको झण्डा ओलम्पिक खेलमा प्रतिबन्ध भए ओलम्पिकको झण्डा मुनी खेल्ने खेलाडीको संख्या दश रहेको छ। शरणर्थी खेलाडीका रुपमा प्रतिस्पर्धा गर्ने खेलाडीमा दक्षिणी सुडानका ५ ,कंगो र सिरीयाका समान २/२ तथा इथियोपियाका एक जना खेलाडी रहेका छन्।

रियो ओलम्पिकमा संयुक्त राज्य अमेरिकाको तर्फबाट सवै भन्दा धेरै ५ सय ५४ खेलाडीको सहभागिता रहेको छ । त्यस्तै नेपालकी १३ वर्षीया स्विमिङ खेलाडी गौरिका सिंह रियो ओलम्पिककै कान्छी खेलाडी हुन्।

त्यस्तै यसै ओलम्पिकबाट रग्बी खेललाई पहिलो पल्ट ओलम्पिक खेलमा समावेश गरिएको छ भने गल्फ खेललाई १२ वर्ष पछि पुन समावेश गरिदैँ छ।

 

 

 

 

 

 

प्रकाशित: २१ श्रावण २०७३ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App