coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

दक्षिण कोरियामा समुन्द्री जहाज दुर्घटना

सोल- दक्षिण कोरियामा समुन्द्री जहाज दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन्। वेपत्ता हुनेमा जहाजका चालक समेत रहेको अधिकारीहरुले बताएका छन्।

दुर्घटना दक्षिण कोरियास्थित ईन्चोनको पोर्टसिटी नजिक भएको थियो । माछा मार्न प्रयोग हुने उक्त जहाज ईन्धन भर्न प्रयोग हुने जहाजसँग ठोकिँदा उक्त दुर्घटना भएको समुन्द्री तटका एक सुरक्षाकर्मीले बताए। दुर्घटनामा परेका सात जनाको तत्काल उद्धार गरीएको थियो । जहाजमा कुल २२ जना सवार रहेका बताईएको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जे–ईनले अधिकारीहरुलाई वेपत्ता भएकाहरुको खोजी कार्यलाई तिव्र पार्न निर्देशन दिएका छन्। राष्ट्रपतिको आदेश लगत्तै खोजी कार्यका लागि उक्त क्षेत्रमा थुपै संख्यामा नौसेना तथा हेलीकोप्टर परिचालन गरिएको छ।

प्रकाशित: १७ मंसिर २०७४ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App