वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ : नेपाल

आइतबार, १७ मङि्सर २०७४, १६ : ४८ नागरिक

काठमाडौं- नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताएका छन्।  उनले वाम गठबन्धनको सरकार बनेपछि कानुनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे। 

एमाले र माओवादीबीच चुनावी तालमेल मात्र नभएर चुनावपछि पार्टी एकीकरण हुने भन्दै उहाँले सम्पूर्ण कम्युनिष्ट एक भएर देशको विकास गर्नुपर्नेमा जोड दिए । 

नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन र जलविद्युत्को विकास गरी नेपालको अर्थतन्त्र बलियो बनाउने उल्लेख गर्दै उनले सबै नेपालीको जीवनस्तर उकास्न पर्यटन र जलविद्युत्को विकासबाट गर्न सकिने आधार भएको बताए। 

मतदाता शिक्षाअन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति एमालेको गम्भीर ध्यानाकर्षण 

यसैगरी नेकपा (एमाले) ले निर्वाचन आयोगद्वारा विभिन्न १० टिभी स्टेशनबाट प्रसारण गर्नेगरी सञ्चालन गरेको मतदाता शिक्षाअन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको क्विजमा आयोगले नेपाली काँगे्रसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘ती दुई उम्मेदवार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखिएकोप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । 

सत्ताधारी दलको खास उम्मेदवारलाई आयोगको उम्मेदवारका रुपमा प्रस्तुत गरिएकामा आपत्ति जनाउँदै एमालले निष्पक्ष भनिएको आयोगले कुनकुन उम्मेदवारका पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको भन्ने कुरा स्पष्ट पार्न आग्रह गरेको छ । 







यसमा तपाईको मत


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...