coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

रियो दि जेनेरियो— रियो ओलम्पिक —२०१६ को औपचारिक उद्घाटन समारोहभन्दा एक दिनअघिबाट सुरु भएको पुरुष फुटबलको पहिलो खेलमा आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग बराबरीमा रोकींदा अर्जेन्टिना भने पोर्चुगलसँग पराजित भएको छ।

समुह ‘ए’ अन्तर्गतको खेलमा स्टार खेलाडी नेमारको कप्तानीमा  मैदान उत्रिएको ब्राजिलले पुरै समय खेल आफ्नो नियन्त्रणमा लिए पनि गोल गर्न नसक्दा अंक बाढ्न बाध्य भयो।

त्यस्तै समुह डी को पहिलो खेलमा अर्जेन्टिना पोर्चुगलसँग २—० गोल अन्तरले पराजित भएको छ । पोर्चुगलको जितमा खेलको ३६ औ मिनेटमा गोल्कानो प्यासेन्सिया र खेलको ८४ औं मिनेटमा पेटेले समान एक एक  गोल गरेका थिए।

त्यस्तै अन्य खेलमा डेनमार्क र इराकले गोलरहित बराबरी खेल्दा जर्मनी मेक्सिकोसँग दुई दुई गोलको बराबरीमा रोकियो। यता जपानले नाइजेरियालाई ५—४ गोल अन्तरले पराजित गर्दा दक्षिण कोरियाले फिजीमाथि ८—० गोल अन्तरको सानदार जित निकाल्यो। त्यस्तै होन्डरुसले अल्जेरियालाई ३—२ गोल अन्तरले पराजित ग¥यो।

 

प्रकाशित: २१ श्रावण २०७३ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App