बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

आइतबार, १७ मङि्सर २०७४, १२ : १३ नागरिक

राकेशकुमार मिश्र

बाँके—पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ। जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ।

वि.सं २०४८ देखि निरन्तररुपमा स्व.पूर्वप्रधानमन्त्री सुशील कोइरालाले उम्मेदवारी दिदै आएको यो क्षेत्रमा पहिलोपटक काँग्रेस आफ्नो उम्मेदवारविहीन अवस्थामा मैदानमा छ। काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजादलाई समर्थन गरेको हो।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पनि यसपटक सूर्य चिह्नधारी स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्रलाई समर्थन गरेका छन्। यस्तै संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राई र राष्ट्रिय जनता पार्टीका विजयकुमार गुप्ता पनि सशक्तरुपमा अघि बढेका छन्।

क्षेत्र नं. १ मा लोकतान्त्रिक समूहबाट नेपाली काँग्रेसका माधवराम खत्री र वाम गठबन्धनबाट माओवादी केन्द्रका महेश्वरजंग गहतराजबीच प्रतिस्पर्धा छ। सो क्षेत्रमा २०४८ यताको निर्वाचनमा नेपाली काँग्रेसले दुईपटक र राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र एमालेले एक-एक पटक जितिसकेका छन्।

कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिका रहेको सो क्षेत्रमा जनसंख्या बढी र भौगोलिक दृष्टिकोणले समेत ठूलो क्षेत्रका रुपमा रहेको छ। स्थानीय तहको निर्वाचनमा सो क्षेत्रअन्तर्गत पर्ने कोहलपुर नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेसले जितेको थियो भने राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा काँग्रेसले र नरैनापुरको अध्यक्ष–उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालले जितेको थियो।

यो क्षेत्रको प्रदेशसभा सदस्यमा मुख्यतया दुई पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। यस क्षेत्रअन्तर्गत पर्ने प्रदेशसभा (क) र (ख) मा पनि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णा केसी नमूना र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका शरदचन्द्र बर्मा उम्मेदवार छन्।

प्रदेशसभा सदस्य (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नारायणप्रसाद गौडेल र वाम गठबन्धनबाट एमालेका आरती पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

यसैगरी क्षेत्र नं २ नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको यस क्षेत्रमा भने त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। विसं २०४८ देखि २०७० सालसम्मका पाँच वटा निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुँदै आएकामा यसपटक यिनै दुई दलबीच तालमेल छ।

काँग्रेस र राप्रपाको समर्थनमा राप्रपाका ओमप्रकाश आजाद उम्मेदवार छन् भने वाम गठबन्धनबाट पशुपतिदयाल मिश्र उम्मेदवार रहेका छन्। राष्ट्रिय जनता पार्टीको सहमहामन्त्री त्यागेका मिश्रलाई एमालेले आफ्नो चुनाव चिह्न दिएर मैदानमा उतारेको हो।

मधेशी समुदायका चर्चित नेताका रुपमा परिचित मिश्रलाई पहिलो पटक पहाडी समुदायका नेताले वाम गठबन्धनबाट अघि सारेका हुन् तर सोही समुदायको मत उहाँलाई आउने नआउनेबारे चर्चा पनि उत्तिकै बढी छ।

यसैगरी संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राईले प्रमुख गठबन्धनका उम्मेदवारलाई ठूलै चुनौती दिएका छन्। २०६४ सालमा मधेशी जनाधिकार फोरम नेपालबाट जितेका उनी पूर्व यातायात व्यवस्थामन्त्रीसमेत हुन्।

मुस्लिम समुदायको प्रतिनिधित्व भएकाले भावनात्मक भोट पाउनेमा उनी विश्वस्त छन्। यी तीन जनाबीचको त्रिपक्षीय प्रतिस्पर्धासँगै यो क्षेत्रमा राजपाका विजयकुमार गुप्ताको प्रभाव पनि देखिन्छ। गुप्ताले २०४८ सालमा नगरप्रमुख हुँदा राम्रो प्रभाव पारेका थिए।

सो क्षेत्रका प्रदेशसभा (क) मा नेपाली काँग्रेसका निरञ्जनसिंह सिजापति र माओवादी केन्द्रका कामताप्रसाद खटिक उम्मेदवार हुन्। संघीय समाजवादी फोरम नेपालका विजय यादव पनि बलियो उम्मेदवारको रुपमा उभिएका छन्।

काँगेसबाट पार्टी परित्याग गरी फोरममा प्रवेश गर्नुभएका यादव स्थानीय तहको चुनावमा डुडुवा गाउँपालिका प्रमुखमा पराजय भएरपनि अहिले पुनः प्रदेशसभा सदस्यको उम्मेदवार बनेर जोडतोडका साथ मधेशी समुदायको बाहुल्यता रहेका गाउँमा जातीय सम्बन्धलाई समेत अघि बढाइ रहेका छन्।

शहर क्षेत्र रहेको (ख) मा काँग्रेसबाट नेपालगञ्जका पूर्व उपप्रमुख सुरेन्द्र हमाल र एमालेबाट विजयकुमार गुप्ताबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै संघीय समाजवादी फोरम नेपालका दुर्गेश गुप्ता पनि उम्मेदवारका रुपमा प्रतिस्पर्धीमा छन्।

यसैगरी बाँके जिल्ला निर्वाचन क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद बादशाह कुर्मी र एमालेका पुराना नेता नन्दलाल रोकायाबीचको प्रतिस्पर्धा देखिन्छ। स्थानीय तह निर्वाचनमा सो क्षेत्रका तीनवटै तह जितेको एमालेले माओवादी केन्द्रको समर्थन पाएपछि निकै उत्साही बनेको छ।

सो क्षेत्रको प्रदेशसभा सदस्यमा पनि दुई पक्षीय प्रतिस्पर्धा देखिन्छ। (क) मा लोकतान्त्रिक गठबन्धनले नेपाली काँग्रेसका चन्तराम थारु र वाम गठबन्धनले माओवादी केन्द्रका आइपी खरेललाई अगाडि सारेको छ। (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका लक्ष्मीनारायण शाह र वाम गठबन्धनबाट एमालेका बाबुराम गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यस जिल्लामा अस्थिर मतदाता बढी छन्। यहाँका नतिजा सोचेअनुरुपको ठीक उल्टो आउने भएकाले सबै उम्मेदवार आआफ्नै शैलीमा चुनावी प्रचारप्रसारमा जुटेका छन्। रासस





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

Ncell Footer Ad