७ वैशाख २०८१ शुक्रबार
खेल

कोहली र विजयको शतक

श्रीलंकाविरूद्धकाे खेलमा शनिबार शतक प्रहार गरेपछि भारतीय कप्तान विराट काेहली । तस्बिर : एजेन्सी

नयाँ दिल्ली–  कप्तान विराट कोहली र ओपनर मुरली विजयको शतकप्रेरित भारतले शनिबार श्रीलंकाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा दरिलो सुरुआत गरेको छ।

पहिलो दिनको खेल समाप्तिमा भारत ३७१–४ मा खेलिरहेको छ । कोहली  अविजित १ सय ५६ र रोहित शर्मा अविजित ६ रनमा खेलिरहेका छन् । १ सय ८६ बल खेलेका कोहलीले १६ चौका प्रहार गरे।

७८–२ को स्थितिमा ब्याटिङका लागि आएका कोहलीले विजयसँग तेस्रो विकेटका लागि २ सय ८३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । २ सय ८६ बलको सामना गरेका विजयले १३ चौका प्रहार गरे।

त्यस्तै शिखर धवन र  चेतेश्वर पूजाराले समान २३÷२३ रनको योगदान दिए । ३५ बल खेलेका धवन र ३९ बल खेलेका पूजाराले समान ४÷४ चौका प्रहार गरे।

श्रीलंकाका लक्ष्यण स्कन्धनले २ तथा दिलरुवान परेरा र लाहेरु गामागेले समान १÷१ विकेट लिए।
तीन टेस्ट शृंखलामा भारत १–० ले अघि छ । पहिलो टेस्ट बराबरीमा सकिए पनि दोस्रो टेस्टमा जित हात पार्दै  भारतले शृंखलामा अग्रता लिएको थियो।

प्रकाशित: १७ मंसिर २०७४ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App