coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अस्ट्रेलियाको सामान्य सुरुआत

एडिलेड– अस्ट्रेलियाले शनिबार इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअन्तर्गत दोस्रो दिवा–रात्रि टेस्टको पहिलो इनिङमा सामान्य सुरुआत गरेको छ।

पहिलो दिनको खेल समाप्तिमा अस्ट्रेलिया २०९–४ मा खेलिरहेको छ । पिटर ह्यान्डसकम अविजित ३६ र सन मार्स अविजित २० रनमा खेलिरहेका छन् । ८३ बल खेल खेलेका ह्यान्डसकमले ५ चौका प्रहार गर्दा ५६ बलको सामना गरेका मार्सले २ चौका प्रहार गरे।

८६–२ को स्थितिमा ब्याटिङका लागि आएका कप्तान स्टिभ स्मिथले उस्मान ख्वाजासँग तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए । १ सय २२ बल खेलेका  ख्वाजाले ८ चौकाको मद्दतमा ५३ रनको योगदान दिए । ९० बल खेलेका स्मिथले ३ चौकाको मद्दतमा ४० रन बनाए। 

त्यस्तै ओपनर डेविड वार्नरले ४७ रन जोडे । १ सय २ बल खेलेका वार्नरले ५ चौका प्रहार गरे।
इङ्ल्यान्डका जेम्स एन्डरसन, क्रिस वोग्स र क्रायग ओभरटनले समान १÷१ विकेट लिए।

एसेसको पाँच टेस्ट शृंखलामा अस्ट्रेलिया १–० ले अघि छ । गत साता ब्रिसबेनमा सम्पन्न पहिलो टेस्टमा अस्ट्रेलियाले १० विकेटको सानदार जित हात पारेको थियो।

प्रकाशित: १७ मंसिर २०७४ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App