७ वैशाख २०८१ शुक्रबार
राजनीति

आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण

काठमाडौँ -प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ । 

प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा पत्रकार तथा निर्वाचन आचारसंहित पालनाका सम्बन्धमा गत कात्तिक २६ गतेदेखि मंसिर १५ गतेसम्म गरेको विशेष अनुगमनको प्रारम्भिक प्रतिवेदनअनुसार ती सामग्री सम्पे्रषण भएको पाइएको हो । 

“पत्रपत्रिका, रेडियो, टिभी र अनलाइन गरी १३० वटा आमसञ्चारमाध्यमबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको छ, जसअनुसार ६२ छापाबाट ९८, ३१ वटा रेडियोबाट ५३, १९ वटा टिभीबाट ४९ र १८ अनलाइनबाट ५२ सामग्री सम्प्रेषण भएका छन्”– काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मौनअवधि शुरू हुनुअघि र मौन अवधि शुरू भई मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म दुई चरणमा आमसञ्चारमाध्यमले सम्प्रेषण गर्ने समाचार तथा समाचार सामग्रीको अनुगमन गरिएको थियो । 

त्यसक्रममा ती सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारका चुनावी कार्यक्रम प्रचारप्रसार गनेको, प्रत्यक्ष प्रसारण गरेको, निर्वाचन आचारसंहितामा तोकिएको आकार र समयभन्दा बढी आकार र समयमा सःशुल्क जनाउ नदिइ विज्ञापन सम्प्रेषण गरेको पाइएको काउन्सिलले जनाएको छ । (रासस)
 

प्रकाशित: १७ मंसिर २०७४ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App