coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बारामा दम्पतीको हत्या

बारा– गाई फर्म सञ्चालन गर्दै आएका जितपुर सिमरा उपमहानगरपालिका बजनी टोलका एक कृषक दम्पतीको हत्या भएको छ । कृषक दम्पती ३६ वर्षीय दीपक सुवेदी र उनकी ३२ वर्षीया पत्नी दीपा सुवेदीको हत्या भएको बारा प्रहरीले जनाएको छ। 

सुवेदी गाई फर्म सञ्चालन गर्दै आएका दम्पतीको शुक्रबार राति हत्या भएको घटना सार्वजनिक भएपछि बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवार नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। 

दीपकको शव घरबाहिर परालले छोपिएको अवस्थामा र दीपाको शव घरमै फेला परेको, घटनास्थलमा हथौडा, रड र बाँसको चिर्पट भेटिएको प्रहरी उपरीक्षक बैदवारले बताए ।  घटनाबारे अनुसन्धान गर्न तालिमप्राप्त कुकुर र अपराध अनुसन्धान महाशाखाबाट टोली झिकाइएको प्रहरी उपरीक्षक बैदवारले बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको समेत टोली परिचालन गरी अनुसन्धान थालेकाले घटनामा संलग्न अपराधी छिट्टै पक्राउ पर्ने उनले दाबी गरे।

प्रकाशित: १७ मंसिर २०७४ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App