५ वैशाख २०८१ बुधबार
राजनीति

राप्रपालाई लक्षित गर्दै योगेश भट्टराईले भने- 'कांग्रेसले मरेको पशुको सिनो बोकेको छ'

धनकुटा– नेकपा एमालेका सचिव योगेस भट्टराईले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको आरोप लगाएका छन् । पञ्चायतका अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिकजस्ता  गन्हाएको सिनो बोकेर आफैँ नाकमुख थुन्दै हिँडिरहेको छ । बिपीलाई जेल र भीमनारायणलाई मृत्युदण्ड दिनेका सन्तानलाई बोकेर हिँड्नु इतिहास बिसर्नु हो । त्यसैले अब पराजय स्वीकर गरेर बस्नुको विकल्प नभएको एमाले सचिव भट्टराईले बताए । 

यो निर्वाचन पछि ५ वर्षसम्म बाम सरकार चल्ने र त्यो सरकारले गरेको कामको आधारमा ५० वर्षसम्म हुने सबै निर्वाचन बामपन्थीहरुले कब्जा गर्ने दाबी सचिव भट्टराईले गरे । बाम सरकार बने अधिनायकवाद आउने र जनता रुनुपर्ने आरोप लगाइरहेका विपक्षी काटक्ष गर्दै सचिव भट्टराईले भने, ‘रोइरहेका जनता हाँसेपछि किन रुनु । बाम सरकार बनेपछि वृद्ध आमाबुबा हाँसेका छन् । अब सबै जनता हाँस्नेछन्,’ सचिव भट्टराईले बताए । 

एमाले पाख्रीबास नगर कमिटीले आयोजना गरेको चुनावी सभामा बोल्दै एमाले सचिव भट्टराईले पहाडी जिल्लाको समृद्धिको लागि मध्येपहाडी लोक मार्ग र तमोर करिडोरको बाटो ५ वर्षभित्र कालोपत्रे गर्ने ठोकुवा गरे । 

तमोर नदीमा विद्युत उत्पादनको लागि जलासय बनाएर पानी जाहाज चलाउने योजना सुनाउँदै सचिव भट्टराईल भने, ‘त्यो जाहाजको ड्राइभर केपी ओली र प्यासेन्जर शेरबहादुर देउवा हुनेछ ।’

जोगबनी किमाथांका नाका खोलेर धनकुटालाई मुख्य ट्रान्जित प्वाइन्ट बनाउने, कृषि र पर्यटनको हब बनाउने र प्रत्येक नगरपालिकामा एक अर्ब र गाउँपालिकामा ५० करोड बजेट दिने योजना सचिव भट्टराईले सुनाए । 

त्यस अवसरमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले  बामपन्थी सरकारले समृद्धि र विकास गर्ने बताए । कार्यक्रममा बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र राई, प्रदेस सभा उम्मेदवार इन्द्रमणी पराजुली, कांग्रेस परित्याग गरेका क्षत्रीय कमिटी सचिव मिलन बराललगायतले बाम गठबन्धनको पक्षमा मत दिन आग्रह गरे । 

प्रकाशित: १६ मंसिर २०७४ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App