संविधान कार्यान्वयनको लागि कांग्रेसको जित आवश्यक: नेता आचार्य

शनिबार, १६ मङि्सर २०७४, १५ : ३४ नागरिक

काठमाडौं – नेपाली कांग्रेसका नेता नरहरि आचार्यले संविधानभसाबाट जारी भएको नयाँ संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले जित्नु पर्ने बताएका छन् । उपचारका क्रममा हाल अमेरिकामा रहेका निवर्तमान सांसद्समेत रहेका नेता आचार्यले शनिबार अपील जारी गर्दै पार्टीको पक्षमा मतदान गर्न आह्वान गरेका हुन।

जनताले कांग्रेसप्रति गरेको भरोपा र विश्वास अनुसार संविधानसभाबाट संविधान जारी गर्न सफल भएकोमा आफुलाई सन्तोष लागेको उल्लेख गर्दै आचार्यले भनेका छन्, ‘जनताको विश्वास अनुसार नै त्यो समय नेपाली कांग्रेसको नेतृत्वमै हामीले संविधानसभा मार्फत संविधान बनाएका हौं। अब त्यस संविधानको कार्यान्वन गर्ने समय छ । त्यसका लागि पनि संसदमा नेपाली कांग्रेसको नेतृत्व र बहुमत आवश्यक छ भन्ने मलाई लाग्छ।’

नयाँ संविधान अनुसार हुन लागेको पहिलो निर्वाचन भएकाले लोकतन्त्रको संस्थागत विकासमा यसको महत्वपूर्ण भूमिका रहने जनाउँदै आचार्यले आफु अस्वस्थ भएकाले उपस्थीत हुन नसकेको पनि उल्लेख गरेका छन् । संविधानसभाको दुई निर्वाचनकामा काठमाडौं–५का मतदाताले निर्वाचति गरेकोमा आभार प्रकट गर्दै आचार्यले आफु अस्वस्थ भएकै कारणले पार्टीले नेता प्रकाशरण महतलाई अघि सारेको भन्दै उनको पक्षमा उभिनपनि आग्रह गरेका छन् । ‘नेपाली कांग्रेसले म रहेको यस निर्वाचन क्षेत्रबाट डा प्रकाश शरण महतलाई प्रतिनिधि सभाको उम्मेदवारका रुपमा खडा गरेको छ । उहाँ मेरा मित्र हुनुहुन्छ । विद्यार्थी कालदेखि नै नेपाली कांग्रेस पार्टीसंग आबद्ध भई प्रजातान्त्रिक आदोलनमा योगदान गर्नुभएका महतले पार्टी र सरकारमा रहेर कुशलतापूर्वक महत्वपूर्ण जिम्मेवारीहरु सम्हालिसक्नुभएको छ । संविधानसभा सदस्यका रुपमा पनि उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको हो,’ आचार्यले भनेका छन्, ‘यतिखेर पनि यस क्षेत्रको प्रतिनिधित्व गर्दै संसदमा पुग्न उहाँ योग्य हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। त्यसैले यस क्षेत्रका सम्पूर्ण मतदाता दिदीबहिनी दाजुभाइहरुलाई यसपटक डा प्रकाश शरण महतलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।’                                               







यसमा तपाईको मत

अन्य समाचार

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

Ncell Footer Ad