विशुद्ध नभमा जस्तो मेघ बन्छ बिलाउँछ ।
अकस्मात् त्यसरी विश्व आत्माभित्र हराउँछ ।।
जस्तो कीरण यी ह्वैनन् सूर्यदेखि पृथक भने ।
आत्मादेखि पृथक् ह्वैन त्यसरी विश्व यो पनि ।।
राम्रो शोचे वस्त्र भन्ने धागो मात्र भएसरी ।
विश्व यो ब्रह्म मात्रै हो हे राम ! बुझ राम्ररी ।।
ब्रह्मरूपी उदधिको विश्व खाली तरंग हो ।
उठ्दै हराउँदै गर्छ मध्यमा पनि ब्रह्म हो ।।
जलबाट भिन्न ह्वैनन् हिउँ वुद्वुद औ फिज ।
त्यस्तै अभिन्न हो विश्व आत्मादेखि तिमी बुझ ।।
क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)
प्रकाशित: १६ मंसिर २०७४ ०६:३४ शनिबार